Categories
Nepali poems

दिउँला जुनीभर

धनको गरिब भए पनि,
साथ दिउँला जुनीभर
दुई मुटुको धड्कन् बन्दै,
हात दिउँला जुनीभर
आलिसान महल छैन,
झुपडीको बास मेरो
दिगो प्रीति सजाएर,
आँत दिउँला जुनीभर
चाहनाको घुम्टो ओढी,
भावनाको पूजा गर्दै
खुशी सारा घमाएर,
मात दिउँला जुनीभर
कर्मठ् बनी जुध्नै पर्छ,
झरी बादल् जिन्दगीको
उकाली र ओरालीमा,
काँट दिउँला जुनीभर
सङ्घर्ष हो लेखा तेरो,
बुझ्ने गर्छ कर्मजीवी
वाचा कसम सङ्गै जिउने,
आँट दिउँला जुनीभर

Categories
Nepali poems

नयाँ जिवन्

नयाँ जिवन्
नयाँ जिवन्

नयाँ जिवन्
नोैँ-नोैँ महिना को लामो पर्खाइ पछि
एउटा नयाँ जिवनको सुरूवात् हुन्छ
फुल्को कलिलो कोपिला झैँ
त्यो जिन्दगी विस्तारै फुल्छ।

जिन्दगी जिउन उस्लाइ कहाँ सजिलो हुन्छ
उ रून्छ कराउछ उ लड्छ तर
फेरी उठ्छ उस्ले जिवनमा केहि न केहि सिक्छ
उस्को त्यो कलिलो मुस्कान्मा सारा ब्रमाण्ड देखिन्छ

त्यो नयाँ जिवनलाई एउटा स्वरूप दिन
प्यारी आमा दिनरात खट्छिन्
त्यतिकैमा सुनाैलो बिहानी हुन्छ
आमाको मन्मा एउटा आसाको किरण छिर्छ।

Categories
Nepali poems

कहाँबाट आएको कहाँ हराए म।


कहाँबाट आएको कहाँ हराए म।

जहाँ म जन्मिए त्योसगँ नाता छैन अब
स्वर्ग जस्तो ठाउँ मर्म बुझ्ने मेरो गाउँ
नगाको पनि पाचँ बर्स भैसकेछ।

त्यो बिहानीपखको भालेको डाकैमा
सबैभन्दा पहिला उठ्ते म
ममि उठ्नुस न मलाई भोक लाग्यो
भन्ने दिन गैसकेछ।

ति मेरा प्यारा सँगै खेल्ने साथी
किन साथ छैनन् आज
हामी त्यो मिरमिरे अधेँरि छेउकै
पधेँरिमा लुकमारी खेल्थेउँ साझँ।

छैन केहि मसँग आज,
केबल छन् ति मिठा मिठा सम्झना मात्र
यो अन्जान् काठमाण्डाैँ सहरमा
हेर्दै छु विचित्र जात्रा, मेरो यात्रा
अब बन्द कोठामा बसेर रूने दिन् आईसकेछ।