Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग ३

कसम तिमिलाइ कदापि रोक्ने छैन म । तिमि सँग हुदाका ति मयालु यादहरु मलार्इ छोडि, अरु सबै लिएर जाउ । आउने छैन म तिमिलाइ दुखाउनअब तिम्रो जिन्दगिमा । सँगै खएका कसमहरु सँगै देखेका सपनाहरु भताभुंग भएरछरिएका छन । भयो अब बटुल्न कोसिस पनि गर्दिन म, र तिमि पनि नगर । अब बिना लक्क्ष्य बिना सपना र बिना खुसि बाच्नु छ मैले ।। तिमि अब नयाँ लक्ष्य बनाउनु ,नया सपनमा रमाउनु, नयाँ अनि सुखि जिबन ज्युनु । मेरो प्राथना छ भगवन सँग। हो सिमरन तिमिलाइ सदैब खुसि मिलोस, अनि सफ़लता पनि यसरी उनकै सम्झनामा भगवान सँग उनकै सफलता अनि खुसीको कामना गरीरहन्थे उनले मेरो माया मारेपनि मैले माया मार्न सकेको थिएन । म बिना लक्ष्य बिना सपनाको भैसकेको थिए । र पनि यति चै थाहा थियो म समयको गति सँगै अगाडी बढ्नु पर्छ । त्यसैले मैले आफ्रनो जीवनको यात्रालाई  पनि त्यहि समयको गति सँगै अगाडी बढाउँदै गए । जुनबेला समिरनले मलाई छोडेर गएको पनि मैहिनौ महिना बितिसकेको थियो । तर पनि मैले उसलाई माया मार्न सकेको थिएन । आखिर सिमरनमा के थियो र मैले माया मार्न सकिन । यस्तै यस्तै कयौकुराहरुले मेरो मन , मस्तिसक , बिचार अनि सोचमा डेरा जमाईसकेको थियो । जस्को माया मार्नको लागी मैले नराम्रो पक्ष हरुलाई अगाल्दै गए कि अब मैले एक हातमा  बिएरको  बोतल त अर्को हातमा चुरोटका खिल्ली यसरी दिन दिन कुलतमा फस्दै गए । मैले सिमरनलाई भुल्नको लागी बिएर र चुरोटको साहारा लिए तर त्यो पनि सफल हुन सक्केन । मदिराको नसामा पनि उनको नाम मेरो मन , मस्तिसक , बिचार अनि सोचबाट हटाउँन सकिन । यसरी मेरो बिग्रदो अबस्था देखी म मात्र हैन मेरा साथिहरु पनि म भन्दा बढि दुःखी भएको थिए । एकासी  मलाई मेरो साथि राजले म सँग भन्यो हेर त आफु त दुःखी छसछस तैले गर्दा हामिलाई पनि कति दुःखी बनाउँछस । अब म सिमरनले तलाई छोड्नुको कारण सबै पत्ता लगाउँछु । उसले मलाई भनेको कुरापनि ठिक लाग्यो । म पनि अब त्यस्तै चाहान्थे । सिमरनले मलाई छोड्नुको कारण के हो । यो कुराको पत्ता लगाउँनु थियो । त्यसको केही दिन पर्छी पूर्ण राजले भन्यो आज त सँग केहि कुरा गर्नु छ  आज हामी पशुपतिनाथको मन्दीर जाऊँ अनि उत्तै बसेर कुरा गरौला । हामी खाना खाएर पशुपतिनाथको मन्दीर तिर लाग्यौ । हामी पशुपतिको जङगलमा बसेर कुरा गर्न थाल्यौ राजले कुरा सुरु गप्यो कुरा सिमरन सँग सम्बन्धीत थियो । मलाई त्यति बेला राजले भन्दै गप्यो म सुन्दै गए समय धेरै बितिसकेको थियो हामी कुरा गर्न थालेको पनि ३ घण्टा भएछ । चुरोटको ठुटो बाट निस्केको धुवालाई मुखबाट बाहिर फ्रयालदै राजको भन्दै गरेकाकुरा सुन्दै बसे । त्यतिबेला बल्ल मलाई थाँहा भयो उनले मलाई छोडेको हैनरहेछ । उनी एउटा बाध्यतामा परेर यो सबै कुरा गर्न बाध्य भएकी रहिछीन् । उनले मेरो जीवन बचाँउनको लागी यो सबै गरेको रहेछ । उनको घर परिवारमा हाम्रो सम्बन्धको बारेमा सबै थाहा भएपर्छी उनलाई घरमा बार बार गाली गर्न थालेछन् । उनको बाबुले उनलाई भने गरेको थियो रे तेरो रिदम सँगको सम्बन्ध छोड्ने भए छोड् नत्र तेरो  रिदमलाई मारीदिन्छु । यसरी पटक पटक उनको बाबुले उनिमाथि दिएको दबाबको कारण उनले मलाई यसरी एक्लो बनाउँन बाध्य भएकी रहिछीन् । यसरी यो सब कुरा सुन्नेपर्छी मेरो मनले खोई के सोचो के मलाई फेरी

सिमरनलाई फोन गर्न मन लाग्यो । मैले फोन निकाले र सिमरनको नम्बर दबाए फोन त लाग्यो । उताबाट पनि फोन रिसिभ भयो । आज पनि फोनमा सिमरनको हैन सिमरनको ममिको आवाज सुनिया । अब म के गर्ने के अलमलमा परे आजसम्म म सिमरनको ममि सँग बोलेको थिएन । मैले केहि नबोली फोन काटीदिए । नहुने कुरा कहिबाट पनि नहुदोरहेछ ।  यसरी समयले मात्र हैन म सँग त्यो निष्टुरी भगवानले समेत मेरो खुसी देख्न चाहेन । आखिरमा मैले त्यस्तो के पाप गरेको थिए र । मैले आफ्रनो माया पाउन सकिन ।

 

Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

बिवश मेरो कथा छ

आँसु पिएर बाँच्ने, बिवश मेरो कथा छ,
जलेछु भित्र भित्रै, छाती भरी व्यथा छ ।
                                                                                                                                                         माथिका हरफले मेरै जीवन कहानी शब्द शब्दमा बोलेको छ । जिन्दगीलाई केस्रा केस्रामा केलाउँदा आफैलाई सोध्न मन् लाग्छ के  यो पनि जिन्दगी हो र र  भड्किन खोज्ने मनलाई बहलाउन सोचे जस्तो हुन्न जीवन खोजे जस्तो हुन्न जीवनु भन्न मन लाग्छ । सत्य हो । सोचे जस्तो, खोजे जस्तो जीवन हामी सबैको कहाँ हुन्छ र  यदि सबैको जीवन सोचे जस्तै हुँदो हो त मान्छेहरू किन रुन्थे । सोचे जस्तो जीवन नभएकै कारण समय समयमा सुन्दै मुटु खाने घटनाहरू हाम्रो समाजमा घट्छ । सायद मैले अलिकति ढिला गरेको भए म पनि त्यस्ता खाले घटनाको रचनाकारमा आफ्नो नाम दर्ता गराउन पुग्ने थिए होला । घाउ बिनाको चोटमा भक्कानिदै मुटु दुःखेको पल, मेरो मनमा पनि त्यस्तो अनर्थ गर्ने रहर जागेर आएको थियो । हुन त जीवन भोगाइसँग सन्तुष्ट नहुने सबैले देह त्याग गर्नै पर्छ भन्ने छैन । मेरो भोगाइले यस्तै भन्यो । स्वप्नील संसारमा औंसीको कालो रात आउँदा मलाई त्यो बाटो प्यारो लागेको थियो । पटक, पटक मेरो आत्माले मलाई त्यही बाटो हिँड्न अभिप्रेरित गर्दथ्यो । जीवनदेखि अघाएर भनौं या हार मानेर । मैले हिड्न खोजेको गोरेटो वास्तवमा गलत रहेछ ।

आज म आफैंप्रति गर्व गर्छु । मैले त्यो पल सही निर्णय लिन सकेकोमा । धन्यवाद दिन्छु मलाई त्यो पलमा साथ दिने मेरा आत्मीय मित्रलाई । कुरै कुरामा हितैषी मित्रले एक दिन भनेका थिए । आत्महत्या गर्नु त महापाप हो । मलाई पनि त्यस्तै लाग्यो । त्यसपछि बल्ल मेरो दोधारे मन काबुमा आयो । मैले गलत गर्नबाट आफूलाई जोगाए । मैले जित्नुपर्छ भन्ने हर मान्छेमा हुने स्वभाव हो । त्यो स्वभावबाट म पनि चोखो छैन । जित्नुपर्छ भन्ने लोभी चाहनाले मलाई पनि बेला बेलामा गाँजेकै हो । सबै मान्छेमा जित्ने चाहना हुन्छ । तर जित्ने तरिका फरक । जाल झेल गरेर जित्छु भन्ने एकथरी छन् । अर्कोथरी जाल झेलबिनाको जितलाई मात्र जित हो भन्छन् । वास्तवमा जालझेलबिनाको जित नै सही जित हो । यो जित परन्तु रहन्छ ।

म पनि जाल झेलबिनाको जित चाहन्थे । त्यो जितमा मेरो पसिनाको लगानी होस् । तर स्वार्थीहरूको बस्तीमा इमानदारिता नचाहेरै मर्दो रहेछ । मेरो इमानदारिता बिस्कुन लागेको पल एकाएक आफैंसँग हार्न पुगे । म हारेकै हो भन्ने लागेको थियो मलाई त्यो पल । वास्तवमा त्यो हार, हार थिएन । मैले त्यहाँ हारेर पनि जितेको रहेछु । मैले मान्छे नजिकबाट चिन्ने अवसर पाएँ । मान्छेलाई तौलन पाउनु मेरो जित थियो । सुन्दर अनुहारभित्र कालो मन लुकेको हुन्छ भन्ने थाहा पाएँ । म अन्धा भक्तको लागि सुतेको मलाई जगाउने माध्यम भयो । बलेको आगो ताप्ने जमातमा आफूचाहिं आगो बालेर ताप्छु भन्नु मूर्खता रहेछ । जन्मँदा एक्लै मर्दा पनि एक्लै जानुपर्ने रीत दुनियाँको । त्यसैले त जिन्दगीका मोडहरूमा कोही कसैको साथ हुन्न । बनावटी र देखावटीका साथ अनि नामको मात्र साथ यहाँ धेरै छन् । कमैको भाग्यमा मात्र सही साथ जुरेको हुन्छ ।

सही साथ जुर्नेहरू यहाँ हाँसेको छन्, जितेका छन् । एक अर्कोले मनमा लगाम लगाउन नसक्ने साथहरू भित्रभित्रै दुखेका छन् । त्यस्ता साथहरू नभएकै बेस हो । जसले साथीमा हुनुपर्ने गुण बुझेको हुन्न । जसले साथीले निभाउनुपर्ने भूमिका निभाउन जानेको हुन्न । त्यो साथी साथी होइन जसले मौका मिल्दा आÏनै साथीको आँखामा पर्दा हाल्ने काम गर्छ । साथी साथी बीचमा कहिले पनि पर्दा हाल्नु हुन्न । हरेक कुराहरू खुला किताबसरह हुनुपर्छ । यदि यस्तो भयो भने मात्र त्यो साथ दीर्घायु रहन्छ । त्यो साथ सजिलै शिखरमा पुग्नेछ । मान्छेको जिन्दगी कर्कलो पातको पानी रहेछ । कहिले पनि यो स्थिर रहन जान्दैन । त्यसैले मान्छेका जीवनमा अनेकौ उतार चढावहरू आउँछ । त्यसको सामना गर्नु नगर्नु हाम्रै हातको कुरा हो । बुझेर बुझ्नै सकिन्न हामीले हाम्रो जिन्दगी ।

जिन्दगीलाई खोज्दा खोज्दै हामी एकदिन थला पर्छै यसको कुनै निश्चित आकार छैन । आकार हुने भए पो यसलाई बुझ्न र देख्न सकिन्थ्यो । त्यसैले त होला मान्छेको जिन्दगी रहस्यमय भोगाइ बनेको । हरेक मोडमा दोबाटा भेटिन्छन् । कुनचाहिं बाटोले सही गन्तव्यमा पुर्‍याउँछ चिन्न सक्नु नसक्नु हाम्रै कमजोरी हो । आज जति पनि परिर्वतन भएका छन् त्यो सब समयको माग बुझेर आफूलाई सही बाटोमा हिंडाउन सक्नेहरूबाटै भएका छन् । जसले आफ्नो जीवनलाई धेरै नजिकबाट बुझे सही गन्तव्य चिने । आफूलाई सही प्रयोग गर्न जानेकै कारण उनीहरूले जिते सधैंजित्नेछन् । जन्मेपछि एक दिन हामीले मर्नुपर्छ । मान्छे भएर जन्मेपछि बाँचेर मर्ने होइन मरेर पनि बाँच्नु सक्नुपर्छ । जन्मने र मर्ने काम हामी सबैबाट हुन्छ । जन्मने र मर्ने काम मात्र भयो भने हामी मान्छे हुनै सक्दैनौं । हामीले मरेर पनि बाँचिरहने काम गर्न सक्यौ भने मात्र पो हामी मान्छे बन्छौं । स्वार्थबाट मुक्त हुन जरुरी छ । जाल झेल र पाप कर्मबाट बँच्न जरुरी छ । फूलको आँखाले संसार नियाल्नु जरुरी छ । सुन्दर फूल गुलाव पनि त काँडै काँडाबीच फूलेको हुन्छ । आफू काँडाबीच फूलेर पनि बगैंचाको शोभा बढाउन ऊ तल्लीन रहन्छ । हामीले पनि गुलाव बन्ने प्रयास गर्नुपर्छ । सिक्काको दुई पाटा भएझैं हाम्रो यात्राका हर मोडमा दुईटा बाटाहरू हुन्छन् । सुख(दुःख, हाँसा(आँसु, पाउने(गुमाउने, लुटाउने(लुट्ने, सही(गलत । कुन चाहिँ बाटो हामीले हिँड्छौ त्यहीअनुसार हाम्रो स्थान हुनेछ ।

कागतीलाई निचोरेझैं मैले पनि आफ्नो मनलाई निचोरे । बुझिनसक्नुको जिन्दगीलाई केही बुझेजस्तो लाग्यो । बहकिन खोज्ने पापी मनलाई थम्थम्याउँदै फेरि सपनाको खेती गर्नुर्पछ भन्ने परम् सुखम् । आफ्नो साथमा जे छ, त्यसैमा सन्तोष मान्यो भने सदा सुखी र खुसी र हुन सकिन्छ । आफूसँग जे जति छ त्यसैमा मनलाई बुझो लगाउन सक्नु बुद्धिमानी हो । यहाँका धेरै मानव मनहरू लुट्नमात्र खोज्छन् । हिजोका मेरा भोगाइहरू दशी बनेर मेरै वरिपरि चर्दै छन् । हो मेरै वरिपरि चर्दै छन्

                                                                              मेरा भोगाईहरु बिवश मेरो कथा हरु
Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)
Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग ८

हावासँग उडेको आत्मा जीवन के हो कस्लाई के थाहा जीवन एउटा कथा रहेछ । सुख पछि दुःख दुःख पछि सुख , हाँसो पछि आँशु आँसु पछिको हाँसोको एउटै सामीप्यता अनि मीलन पछि विछोड विछोड पछि मीलन यसरी समयले छल गर्दै गर्दै सेकेन्ड मीनेट घण्टा दिन महिना र बर्ष गरी समयले नेटो काटीरहेको थियो । अनि म पनि त्यही समयलाई आत्मसाथ गर्दै अगाडी बढीरहेको थिय । अब त मेरो मन भित्र हरेक कुराहरुको भण्डार भए झै लागीरहेको थियो । कि सिमरनले साच्चै नाटक गरेको त हैन्न । मेरो जीवनमा ठुलो हुरीबतास ल्याउन आटेको त हैन्न । उनको खुसीलाई हेँर्दा मलाई केही भन्नै मन लाग्दैनथ्यो । तर के गर्नु कहीले काही त झर्को लागेर आउँथो । उसैले  त हो मलाई छोडेर गएकी फेरी उसैलाई सम्झेर यो मनमा कती पिर र पिडालाई गोडमेल र जलमल गरेर राख्ने । यसरी मेरो जिन्दगी कतीन्जेल चल्छ यस्तै कुराहरु मनमा खेलीरहँदा त केही घृणा जागेर आउँथ्यो र केही क्षण भुलन सफल हुन्थे । तर के गनु दिन पछि रात त अबश्य आईहाल्छ त्यो त प्रकृतिको नियमनै थियो । मलाई पनि सिमरन सँगको प्रेम त्यही प्रकृतीको नियम झै थियो मीलन पछि बिछोड बिछोड पछि मीलन यसरी सिमरनले मलाई एउटा खेलौना सम्झेर बार बार मेरो जीवनको गोल पोष्टमा गोल छिराउँने प्रयास गरीरहेकी थी तर सफल हुन भने सकेको थिईन । किनकी सिमरनलाई गोल हान्न दिएर हारको बिजय उस्वब मनाउने रहर म सँग थिएन । म चाहान्थे जिउँदै पलपलमा किन मर्न नपरोस तर जित भने अबश्य गर्छु भन्ने जोस र जागर अझै मेरो मन मस्तिक बाट भाग्न सकेको थिइन । के गर्नु मनलाई भुलाउँदै आफ्रनो जिन्दगीलाई जिन्दगीलाई केस्रा केस्रामा केलाउँदा आफैलाई सोध्न मन् लाग्छ के  यस्तो पनि जिन्दगी हो र भड्किन खोज्ने मनलाई बहलाउन सोचे जस्तो हुन्न जीवन खोजे जस्तो हुन्न जीवन भन्न मन लाग्छ । सत्य हो । घाउ बिनाको चोटमा भक्कानिदै मुटु दुःखेको पल, मेरो मनमा पनि त्यस्तो अनर्थ गर्ने रहर जागेर आएको थियो । हुन त जीवन भोगाइसँग सन्तुष्ट नहुने सबैले देह त्याग गर्नै पर्छ भन्ने छैन । मेरो भोगाइले यस्तै भन्यो । स्वप्नील संसारमा औंसीको कालो रात आउँदा मलाई त्यो बाटो प्यारो लागेको थियो । पटक, पटक मेरो आत्माले मलाई त्यही बाटो हिँड्न अभिप्रेरित गर्दथ्यो । जीवनदेखि अघाएर भनौं या हार मानेर । मैले हिड्न खोजेको गोरेटो वास्तवमा गलत रहेछ । मैले गलत गर्नबाट आफूलाई जोगाए । मैले जित्नुपर्छ भन्ने हर मान्छेमा हुने स्वभाव हो । त्यो स्वभावबाट म पनि चोखो छैन । जित्नुपर्छ भन्ने लोभी चाहनाले मलाई पनि बेला बेलामा गाँजेकै हो । सबै मान्छेमा जित्ने चाहना हुन्छ । तर जित्ने तरिका फरक । जाल झेल गरेर जित्छु भन्ने एकथरी छन् । अर्कोथरी जाल झेलबिनाको जितलाई मात्र जित हो भन्छन् । वास्तवमा जालझेलबिनाको जित नै सही जित हो । यो जित परन्तु रहन्छ । म पनि जाल झेलबिनाको जित चाहन्थे । त्यो जितमा मेरो पसिनाको लगानी होस् । तर स्वार्थीहरूको बस्तीमा इमानदारिता नचाहेरै मर्दो रहेछ । मेरो इमानदारिता बिस्कुन लागेको पल एकाएक आफैंसँग हार्न पुगे । म हारेकै हो भन्ने लागेको थियो मलाई त्यो पल । वास्तवमा त्यो हार, हार थिएन । मैले त्यहाँ हारेर पनि जितेको रहेछु । मैले मान्छे नजिकबाट चिन्ने अवसर पाएँ । मान्छेलाई तौलन पाउनु मेरो जित थियो । सुन्दर अनुहारभित्र कालो मन लुकेको हुन्छ भन्ने थाहा पाएँ । म अन्धा भक्तको लागि सुतेको मलाई जगाउने माध्यम भयो । बलेको आगो ताप्ने जमातमा आफूचाहिं आगो बालेर ताप्छु भन्नु मूर्खता रहेछ । जन्मँदा एक्लै मर्दा पनि एक्लै जानुपर्ने रीत दुनियाँको । त्यसैले त जिन्दगीका मोडहरूमा कोही कसैको साथ हुन्न । बनावटी र देखावटीका साथ अनि नामको मात्र साथ यहाँ धेरै छन् । कमैको भाग्यमा मात्र सही साथ जुरेको हुन्छ । सही साथ जुर्नेहरू यहाँ हाँसेको छन्, जितेका छन् । एक अर्कोले मनमा लगाम लगाउन नसक्ने साथहरू भित्रभित्रै दुखेका छन् । त्यस्ता साथहरू नभएकै बेस हो । जसले साथीमा हुनुपर्ने गुण बुझेको हुन्न । जसले साथीले निभाउनुपर्ने भूमिका निभाउन जानेको हुन्न । त्यो साथी साथी होइन जसले मौका मिल्दा आÏनै साथीको आँखामा पर्दा हाल्ने काम गर्छ । साथी साथी बीचमा कहिले पनि पर्दा हाल्नु हुन्न । हरेक कुराहरू खुला किताबसरह हुनुपर्छ । यदि यस्तो भयो भने मात्र त्यो साथ दीर्घायु रहन्छ । त्यो साथ सजिलै शिखरमा पुग्नेछ । मान्छेको जिन्दगी कर्कलो पातको पानी रहेछ । कहिले पनि यो स्थिर रहन जान्दैन । त्यसैले मान्छेका जीवनमा अनेकौ उतार चढावहरू आउँछ । त्यसको सामना गर्नु नगर्नु हाम्रै हातको कुरा हो । बुझेर बुझ्नै सकिन्न हामीले हाम्रो जिन्दगी । जिन्दगीलाई खोज्दा खोज्दै हामी एकदिन थला पर्छै यसको कुनै निश्चित आकार छैन । आकार हुने भए पो यसलाई बुझ्न र देख्न सकिन्थ्यो । त्यसैले त होला मान्छेको जिन्दगी रहस्यमय भोगाइ बनेको । हरेक मोडमा दोबाटा भेटिन्छन् । कुनचाहिं बाटोले सही गन्तव्यमा पुर्‍याउँछ चिन्न सक्नु नसक्नु हाम्रै कमजोरी हो । आज जति पनि परिर्वतन भएका छन् त्यो सब समयको माग बुझेर आफूलाई सही बाटोमा हिंडाउन सक्नेहरूबाटै भएका छन् । जसले आफ्नो जीवनलाई धेरै नजिकबाट बुझे सही गन्तव्य चिने । आफूलाई सही प्रयोग गर्न जानेकै कारण उनीहरूले जिते सधैंजित्नेछन् । जन्मेपछि एक दिन हामीले मर्नुपर्छ । मान्छे भएर जन्मेपछि बाँचेर मर्ने होइन मरेर पनि बाँच्नु सक्नुपर्छ । जन्मने र मर्ने काम हामी सबैबाट हुन्छ । जन्मने र मर्ने काम मात्र भयो भने हामी मान्छे हुनै सक्दैनौं । हामीले मरेर पनि बाँचिरहने काम गर्न सक्यौ भने मात्र पो हामी मान्छे बन्छौं । स्वार्थबाट मुक्त हुन जरुरी छ । जाल झेल र पाप कर्मबाट बँच्न जरुरी छ । फूलको आँखाले संसार नियाल्नु जरुरी छ । सुन्दर फूल गुलाव पनि त काँडै काँडाबीच फूलेको हुन्छ । आफू काँडाबीच फूलेर पनि बगैंचाको शोभा बढाउन ऊ तल्लीन रहन्छ । हामीले पनि गुलाव बन्ने प्रयास गर्नुपर्छ । सिक्काको दुई पाटा भएझैं हाम्रो यात्राका हर मोडमा दुईटा बाटाहरू हुन्छन् । सुख , दुःख, हाँसो , आँसु, पाउने , गुमाउने, लुटाउने , लुट्ने, सही , गलत । कुन चाहिँ बाटो हामीले हिँड्छौ त्यहीअनुसार हाम्रो स्थान हुनेछ । मैले त आजको दिन सम्म सहीबाटो यात्रा रोजने कोसीस गर्ने छु हो सिमरन अब म कहिले पनि मनमा तिम्रो कारनले परि र पिडा बोकेर राख्ने छैन् । सधै हाँसने प्रयास गर्ने छु

 

    Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग ७

जीवनको रङगमञ्चमा सबैले हिड्नुपर्छ समय सधै एक नासको हुँदैन्न दिनमा घाम र रातमा जुन लाग्ने क्रमत प्रकृतिको नियम हो तर कहिले बाँदल हुरी बतास सँगसँगै पानि पनि नकराईकन ओईरीन सक्छ । पछिको कुरा कसैले देखेको हुँदैन्न हरेक ब्यतिहरुको जीवनको आरोह अबरोह बिच माया प्रेम , सुख दुःख हासखेल एक पछि अर्को क्रममै सँग आउने गर्दछ । मेरो जीवनको यात्रामा पनि यस्तैै हुँदै गईरहेको थियो हाँसो खुसी र दुःख पिडा एक पछि अर्को गर्दै क्रममै सँग आईरहेको थियो । तर के गर्नु जस्तो सुकै समस्या र आपतबिपत आईपरेपनि मनलाई दरो बनाई सामना गर्नु पर्दो रहेछ । जीवन एउटा अलैकिक प्रेम हो तर सिमरनले बुझीन्न । कसरी सच्चा हृदयमा डुबेर प्रेमको आनन्द लिन्ने भन्ने कुरा उनले बुझन्न चाहिन । म सोचने गर्थे जीबन एउटा खेल हो कहिले हारीन्छ त कहिले जितीन्छ । जीवन यस्तै एउटा निश्चित चक्रमा घुमीरहेको हुन्छ । हार पछि जित त अबश्य आउछ तर त्यो जितको प्रतिक्षा गर्ने सार्मथ्य अब ममा बाँकी थिएन । जित हुन्ने आँशा मैले मारीसकेकोृ थिए । अबको प्रत्यक पल म सिमरनलाई भुल्ने कोसीस गर्ने प्रयन्तन गर्दै अगाडी बढ्दै थिए । तर के गर्नु मुखले भनेझै नहुदोरहेछ । यो मनले बिर्सने कुरा कहिले पनि गरेन के गर्ने के नगर्ने प्रत्यक क्षण उनको सम्झनाले सताई राखथ्यो । किन मलाई मात्र यस्तो हुन्छ के यो दुनियामा मैलेमात्र माया लगाएको हो ? म यस्तै पिडाले ओतपोत भएको जीवन बिताउनको लागी जन्म लिएर आएको हो ? मनमा यस्ता कयौ कुराहरुले डेरा जमाई राखथ्यो । अब त मलाई यस्तो लाग्न थालीसकेको थियो । संसारमा भएभरको दुःख , पिडा र जलनहरु मेरै भाग्यमा परेको छ त्यसलाई मैले सामना गर्न सक्नुपर्छ । अब मैलेपनि काँडैकाँडा बिच फुलेको गुलाबले झै सुवास छर्नुपर्छ मैन बतिले आफु जलेर सिधिन्छु भन्ने कुरा थाहा हँुदा हँदैपनि उज्यालो दिएझै मैले पनि अरुलाई हासो र खुसी दिन सक्नुपर्छ अरुको खुसीमा म पनि खुसी हुन्न सिकन्नु पर्छ यस्ता सयौं कुराको आभास हुँदै आएपछि केही खुसी हुने प्रयास गर्न थाले । मनका हरेक पिडाहरुलाई सँगै लिएर कसरी खुसी हुन्न सकिनथ्यो र बार बार उहि सिमरनको सम्झनाले सताईरहनथ्यो । सिमरनले मेरो साथ छोडेपनि मेरो मनले उनको साथ कहीले पनि छोडे्न । हरक्षण हरपल उनको सम्झन्नाले मेरो प्रत्यक पाईला पाईलामा सहयात्री भएर बसीरहयो । यसरी मैले आफ्नो जीवनको यात्राहरुलाई समयको गतीसँगै परिवर्तन गर्न पटक पटक प्रयास गरीराख्य तर मैले त्यसमा कहीले पनि सफलता पाउँन सकिन्न । मेरो हरेक दिनहरु उनकै सम्झनामा बितन्ने गथ्र्यो । एक दिन म सिमरनलाई सम्झीएर उनको बारेमा मनमा अनेक कुराहरु सोचीरहेको थिए । यतिकैमा मेरो मोबाईलमा फोन आएको संकेतले मोबाईलको रिङटोन बज्यो तर फोन भने हईन कसैले मिसकल गरेको रहेछ । नम्बर नँया थियो नचिन्को नम्बर भएको कारणले मैले त्यति वास्था गरीन त्यसको केहीबेर पछि पुण उहि नम्बरबाट मिसकल आयो यसरी धेरै पटक मिसकल आएपछि मैले पुण त्यही नम्बरलाई रिडायल गरे फोन पनि लाग्यो उता बाट फोन रिसिभ भयो फोनमा कुनै अपरिचित व्यतिको आवाज सुनियो मैले को हो भनेर छुटाउँन सकिन्न किनकी मैले त्यो आवाज आज भन्दा अगाडी कहिले पनि सुन्नेकै थिएन । हामी बिच केही कुराहरु भए एकअर्काको परिचर्य सँगै केहि पारीवारीक कुराहरु भयो । कुरागर्ने क्रममा उनले साथि बन्ने पस्ताब राखिन्न मैले पनि उनको पस्ताबलाई स्वीकार गरीदिए हामी बिच त्यतिबेला यस्तै यस्तै एकअर्कालाई चिनाउँने आफ्रनो केही जानकारी मुलक कुराहरु भयो । मलाई त्यतिबेला थाहा भयो उनको नाम समिक्षा अनि घर चै हेटैडा रहेछ । हामीले त्यतिबेला १० मिनेटसम्म फोनमा कुरा गरेछौ त्यसपछि हामीले फोनबाट बिदा लिएउ । यसरी उनी अर्थात समिक्षा र म बिच प्रत्यक दिन जसो फोनमा कुराकानि हुन्न थालिसकेको थियो । जब मलाई सिमरनको यादले सताउँन थालथ्यो अनि मन भुलाउँने बाहानाले म समिक्षालाई फोन गर्थे उनलाई फोन गर्दा त मन केहि भुलेझै लागथ्यो उनको त्यो सुमधुर कोईलीको झै मिठो बोली अनि उनले भनेको भाबुकमए प्रेमिक शब्दहरुले मलाई केहिक्षण सिमरनको यादहरु भुलाउँने सारथि बन्दथ्यो । यसरी एउटालाई भुलन्ने क्रममा अर्को व्यतिसँग नजिक हुँदैछु भन्ने कुराको मलाई केहि थाहा पत्तो भएन । यसरी दिन दिन फोनमा कुराकानि गर्दा गर्दै अब हामी बिच एक अर्कालाई देख्ने चाह बढ्दै गप्यो । यो के भयो किन उनको र मेरो मनले एउटै कुरा गरीरहेको थियो । देख्दै नदेखेको मान्छे प्रति पनि यो मेरो मनले किन प्रेमिक भाब जगाईरहेको थियो थाहा थिएन मलाई । यसरी समिक्षालाई देख्ने चाह दिन दिन भएपछि मैले सामाजिक सञ्जाल फेसबुकको सहयोगलिए । त्यसै सञ्जाल बाट समिक्षा र मेरो फोटो साटासाट भयो । अब हामी बिच फोनको कुराकानि भन्दा बढि फेसबुकमा च्याटबाट कुरा हुन्नथाल्यो । यसरी फेसबुक बाट कुरा गर्दा त सिमरनलाई भुल्न सजिल्लो हुनथ्यो । जब फेसबुकबाट छुटीएर सुत्ने तरखर गर्थे । फेरी उहि निष्टुरी मायाको याद आईहालथ्यो प्रत्यक रातको सपनिमा उनलाईनै देख्थे । हो उही निष्टुरी सिमरनलाई देख्थे । मैले हरेक दिन समिक्षाको साथले भुल्न सफल भएपनि हरेक रातको सपनिले बिर्सीसकेको पलहरुलाई सम्झनामा रुपान्तरण गराईदिनथ्यो । तर के गर्नु हजारौ पिडाहरु सँग लडभिड गरेर आफ्रनो जीवनको गन्तब्यहिन यात्रालाई अगाडी बढाउँदै जानुपर्दो रहेछ । अबत मलाई यस्तो लाग्न थालीसकेको थियो मेरो भाबना र समिक्षाको चाहनापनि धेरै नजिक हुँदै आईरहेको छ । हुने हुनामी तारेर तर्दैन दैबले खेलाएको खेल र भावीले बनाएको जाल जे हुनु छ त्यो त अबश्य हुन्छ भनेझै लागथ्यो । सुनेको थिए मैले देख्खेको हैन लेखखेको चाहीन्छ सायद मेरो भाग्यमा भाबिले माया लेख्खीदिएको छैन रहेछ क्यारे र त मैले सिमरनलाई पाउँन सकिन्न । सोचे जस्तो किन हुनथ्यो , देख्खेको सबै चिज काँहा पाईनथ्यो र लेख्खेको चाहीदोरहेछ । मेरो मनको तर्कसँग प्रसंग मिल्छ मिल्दैन तर मलाई सोच्न बिबश र बाध्य बनाउँछ । मनले सोचेजस्तो र खोजेजस्तो कहाँ हुन्छ र जन्म लिदा भाबिले के लेख्खीदिएको छ त्यो त सबैले भोग्न पर्दोरहेछ । कस्तो अचम्म जीवन एउटा अविरल गतिसँगै हिंड्नपर्ने एउटा प्राहार नसकिंदै अर्को प्रहार सुरु हुने् छटपटी र जलन त मेरो पेवा जतिकै भएको थियो । र म पनि तिनै कुराहरुलाई आत्मसाथ गर्दै भोग्न बाध्य र बिबश थिए ।

 

Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग ६

उनलार्ई भेट्नु अगाडि माया के हो थाहा नै थिएन मलाई अरुले गरेका मायाका कुरामा विश्वासै थिएन जब म आफै सिमरनको मायाजालमा परे तब महसुस गर्न कर लाग्यो । कति छटपट हुँदोरहेछ मनमा कति व्यथा बल्झिदारहेछन् कति आँशा निराशाहरु मनमा चलमलाउँदा रहेछन् त्यसको त लेखाजोखा नहुदोरहेछ । जीवनको हरेक क्षणलाई उनमै विलिन गराउन मन लाग्दोरहेछ । तर के गर्नु भाग्यमा जे लेखेको छ आफ्रनो जीवनको हरेक यात्रामा भोग्दै जानुपर्दोरहेछ । मिलन बिछोड हासो खुसी त कहिले दुःख । कुनै कुराको सपना देख्नु मात्र हुदोरहेछ । मेरो हरेक सपनाहरु पुरा हुन योग्य रहेन । जब मैले कुनै सपनाहरु मनमा बुन्ने गर्थे । ति मेरो हरेक सपनाहरु मैले देखेभन्दा ठिक उल्टो हुदैँ जाथ्यो एकातिर सिमरनको माया पाउँनु र गुमाउँनुको पिडा यस्तै यस्तै सयौं पिडाहरुले जेलेको थियो मलाई । कुनै बेला जिन्दगीको यात्रामा यस्तो पनि हुदोरहेछ् सोच्दै नसोचेको कसैको मायाले पिडा दिंदोरहेछ हो उनको मायाले मलाई सबथोक बनाईदिएको थियो । याहाँबाट त्याहाँसम्म कि मेरो जिन्दगीको हर चाहानाहरु पुरा भएझै लाथ्यो । तर आज यसरी यी सब कुराहरु आफ्रनै शब्दहरुमा हराउँन पर्छ । कविताको कुनै ज्ञान नभएपनि कवि भइएको छु । अनि गजलको कुनै सार नजानेपनि गजलकार भइएको छु । सबै कुरा  सिकाउनुपर्दो रहेछ एकले अर्कालाई तर यो माया गर्ने कुरा सिकाउन पर्दैन रहेछ यो त आफै जानिदोरहेछ । कस्तो अचम्म यो मायाको खेलपनि कुन बेला सम्बन्ध जोडीन्छ र कुनबेला छुर्टछ थाहानै नहुने । यसरी आफ्नै पिडाहरुको खातले भरीएको मनलाई काबुमा राख्दै म मेरो जीवनको यात्रालाई त्यही समयको गती सँगै अगाडी बढाउँदै गए । सोचेथे मैले उनलाई मेरो आँखीरी साहारा सँगै हिड्ने जीवनको अन्नत यात्रा बनाउँ । कति आशा थियो मेरो बाँकी जीवन सुखमय बनाउँने त्याग तपस्या के गरेर हुन्छ सिमरनलाई आफ्रनो बनाउँने । सबै सपनाहरु भताभुङग उजाडीएको पाखा पखेरा जस्तै भएको छ आज । उनको सम्मझनाले पनि मुटु जल्छ दिनभर यता उता गरेर म आफ्रनै जन्दिगी बाट पर भागेर मेरो सारा दिनहरु बिताउदै जीवनको गनतब्यहिन यात्रा लाई अगाडी बढाउने कोसीस गदै चुपचाप बसछु । मनमा हरेक सोचाईहरु आउँथे के गर्नु छ र मैले भने झै लाथ्यो मेरो हरेक सपनाको गोरेटाहरु टुटीसकेको थियो । तर पनि आफ्रनो अयिर्ननत्रित मनलाई नियन्त्रन गर्ने प्रयास गदै मनमा भएका तिता मिठा खुसी र पिडाको क्षणहरुलाई आफै भित्र लुकाएर अरुको लागी त्यही दुःख र पडिा मिसीएको हासो दिनको लागी बाध्य भएको थिए । हो मलाई बाँसुरी र चुरोट जस्तै उनको ओठमा चेपिरहन मन लाग्छ उनको आफ्रनो बनी उनिसँगै खेल्न मन लाग्छ हो अझै पनि उनकै हात बनी जताततै सल्बलाउन मन लाग्छ अनि उनको मुसकान भएर उनको ओठमा हासीरहन मन लाग्छ । तर के गर्नु मनका हरेक कुरा मेरो लागी सपना मात्र बनिदीन्छ र सपना मै बिलाउन खोज्छ बिलीप हुन दिने मन त हुदैन्न तर पनि म ति सफलनहुने मेरा अधुरा सपनाहरु बिलीन गराउँन बाध्य  हुन्छु । तर के गर्नु चिसो चिसो हावाले पनि पटक पटक उनकै न्यानो मायाको यादहरु जगाईदिन्छ । अब त मसँग के नै बाँकी राखेर गएकी छे र । उनले मसँग भएका केही हासो खुसीका क्षणहरु पनि सबै छताछुल्ल पारीदिएर गई । आखिर किन मैले के गरे र सिमरन तिमीलार्ई त्यसतो । मेरा अलि अलि भएका खुसीहरु पनि लगी छाडौ । हुनत गल्ती मैरै थियो तिम्रो नाम यो दिलबाट बाहिर निकालन खोज्दा खोज्दै फेरी तिमीलाई यो मुटुमा ठाँउ दिए । ठाँउ नदिउत कसरी फेरी तिमी त बाध्यतामा टाढा भए झै लागेको थियो तर हैन रहेछ म गलत रहेछु म भ्रममा परेको रहेछु मैले जे सुन्ने त्यो सबै झुटा रहेछ । यदि सत्य हो त मलाई फेरी किन मायाको आँश देखाएउ अनि किन फेरी अलिअलि बाँकी रहेका खुसी हरुलाई लिएरै गयौ । आखीर किन ? यदि सिमरनले मसँग चोखो माया लाएको भए कदापी यस्तो गर्दीन थियी होला के थाहा उनलाई चोखो मायामा भगवानको बास हुन्छ भनेर । कसैसँग चोखो माया लाएको भए थाहा पाउँने थियी माया गर्ने मुटुमा चोट दिदा कस्तो पिडा हुन्छ भनेर । मनमा यस्तै यस्तै कयौ कुराहरु खेलिरहनथ्यो अझै याद आउँछ  सिमरन सँग बिताएको क्षणहरु  उनिसँग घण्टौ घण्टा फोनमा गरेका कुराहरु अनि उनिसँग हुदा बिताएका खुसीका पलहरु हरक्षण मेरै वरिपरी घुमीरहन्छ र मेरो आँखाको गङगाजलहरु परेलीले लगाएको बाधहरुलाई भतकाएर बाहिर आउँछ अनि कतिबेला रोकिन्छ थाहा नै हुदैन्न । आखीरी यो जीवन पनि कस्तो भयो कस्तो । जीवन नै कथा जस्तो अनि कथा नै जीवन जस्तो । यदी उनि मेरो जीवनमा नआएको भए केही हुने नै थिएन  होला उनि गएपछि पुण नआएको भए हुथ्यो । आई त ठिक छ फेरी किन एकलै छोडे्र गई थाहा थियो सिमरनलार्ई अस्तिको उनको मायाले दिन दिन मलाई जलाई राखेको छ भन्ने । फेरी किन मेरो भाबनाहरुमा झनठुलो आगो लगाएर गई । उनको बारेमा यो फुसरा प्रश्न जति गरेपनि आँखिरी हुने त केही थिएन । उनको सम्झनामा यो मेरो मनमा जति नै प्रश्न आउँछन् ति सबै प्रश्नहरु उनलाई सोध्न पाएको भए केही हुनथ्यो पनि होला सायद । तर के गर्नु यी हजारौ प्रश्न जतिनै गरेपनि मेरै मनमा सिमीत रहन्छ नत उनले सुन्छे नत अरुकसैले यसलेत म आफैलाई झन कमजोर पार्दै लैजादो रहेछ । आँखिरीमा छोडी जाने निस्टुरीको पनि किन पल पलमा याद आँउछ । भन्न त भनथे साथिहरुले मलाई आफुसँग भएका सारा चिज अरुलाई दिनु तर ढुक्क भएर दिल चै कसैलाई नदिनु दिलमा लागेको चोटले आफ्रनै समाप्ती चाहन्छ भनेर । आज आएर थाहा भयो यो साँचो रहेछ शरिरको चोट त लुकाउँन सकिनथ्यो तर यो दिलको चोट लुकाउँन निकै कठिन हुँदोरहेछ ।

 

        Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग ५

कागतीलाई निचोरेझैं मैले पनि आफ्नो मनलाई निचोरे । बुझिनसक्नुको जिन्दगीलाई केही बुझेजस्तो लाग्यो । बहकिन खोज्ने पापी मन लाई थम्थम्याउँदै केही सपना बुन्ने सोच बनाउँदैे समयको गती सँगै आफ्नो यात्रालाई पनि अगाडी बढाउँदै गए । यो मानबको जीवन पनि कस्तो कस्तो थाहानै नपाई कसैको माया पाउँनु गुमाउँनुको कुनै सिमानै नहुने भन्न त भन्थे मान्छेहरु केही कुरा सिक्न र जान्नको लागी पढे्र र गरेर भन्दा आफैलाई परेर जान्दछ । आज मलाई यो कुरा साच्चै हो जस्तो लाग्न थालेको छ बास्तबमा मान्छेले केही कुरा जान्नको लागी आफ्नो जीवनका तिता मीठा भोगाई हरुनै सबै भन्दा ठुलो पथ प्रर्दशक हुदो रहेछ । यो माया पनि कस्तो कस्तो कुनबेलामा रुवाउँछ कुनबेला हसाउँछ अनि कुनबेला मिलन र बिछोड् हुन्छ थाहा नै नहुने । आज मलाई पनि त्यस्तै लाग्न थालेको छ । के मैले सिमरन सँग लगाउँने माया र अरु ब्यतिले एक अर्का प्रति लगाउँने माया को भोगाइहर्रु पनि यस्तै हुन्छ । सायद नहोला माया त सबैले गर्छन् तर सबैले साच्चो माया लाएको हुदैँन यदी साच्चो माया लगाएको हो भने मेरो मुटुको धड्कन र त्यो प्रेमी जोडीको धड्कन अवश्य एक हुन्छ । यसरी नै मनमा अनेक कुराहरु खेलाउँदै आफ्नो दिनहरु बिताउँदै गए । सिमरन सँग पनि केही नजिक भएको जस्तो आभास हुनथ्यो तर मैले सिमरनलाई पुर्ण फोन भने गरेको थिएन । तर म धेरै खुसी थिए । किनकी सिमरन लाई एक बर्षको अन्तरमा देख्न पाए । अनि उनको आवाज सुन्न पनि । त्यो दिन म धेरै खुसी थिए । उनिसँग हुँदाको त्यो रमाईला क्षण अनि नहुदाका बेखुसीको यादहरु अझै ताजा नै थियो । त्यही कहिले खुसीका त कहिले बेखुसीका दिनहरुलाई सम्झेर मेरो दिनहरु बिताउँने ग्रथे । समय आफ्नै गतीमा थियो । म पनि त्यही समयको गतिलाई पछाईरहेको थिए । साथिभाई सँगको भेटघाट अनि हासखेलमा म पनि सामेल हुने र खुसी हुने गर्न थालेकोले साथिहरु पनि हर्षित थिए । एक दिन बिहानीको छ बजेतिर मेरो मोबाईलमा कसैको फोन आएको संकेतले मोबाईलको रिङटोन बज्यो । जुनबेला म सुतिराखेको थिए । उप्त फोनको रिङटोनले म निनद्रा बाट बिउँझीए हेर्दा मोबाईलमा सिमरनको फोन आईरहेको रहेछ । मैले फोन रिसीभ गरे । फोनमा हाम्रो खासै त्यस्तो केही कुरा भएन सन्चो बिसन्चोका कुराहरु भए केहीबेर कुराकानि भएपछि हामी फोनबाट बिदा लिएउँ । यसरी अब हामी बिच प्रत्यक दिन जस्सो फोनमा कुरा हुन्न थाल्यो कहीले सिमरनले फोन ग्रथिन त कहीले मैले । यसरी फोनमा कुरा गर्दा समिरन प्राय पछिको बारेमा कुराहरु गर्ने गर्थिन । समयको छालले बगाउँदा बगाउँदै कहीले हासो खुसी त कहीले दुःख पिडा अनि आँशुको तालमा पछारीदिदो रहेछ कसैलाई थाहा नै नहुने कस्तो अचम्म । यसरी सिमरन र म बिच कुराकानि हुन थालेकोपनि आज मैहिनौ महिना भैसको थियो । अब त यो समयको गती पनि कति छिटो बितेझै लाग्ने ग्रथ्यो मिलथ्यो भने म त्यो समयलाई रोक्न चाहान्थे तर के गर्नु यो सब मेरो बहसमा हुने भएको भए सम्भब हुनथ्यो होला तर के गर्नु त्यो सम्भब थिएन । यसरी नहुने कुराहरुको बारेमा सोच्नु मात्र थियो मेरा सोचाईहरु सबै सपना जस्तै लागथ्यो र सपनामै सिमीत रहनथ्यो । सिमरन सँग कुरा नभएको दिनहरुमा के नभएको केही काम बिक्रेको आफुबाट केही कुरा टाढा भएको जस्तो आभास हुनथ्यो । कुराहरु गर्ने क्रममा कहिले काही सिमरनले मलाई भन्ने ग्रथिन यदि तपाईले मलाई छोड्नु भयो भने म कसम मरीदिन्छु । यसरी सिमरनले आफु मर्ने कुरा गरेपछि म आफुलाई नै नरमाईलो लागथ्यो । मैले केही भन्न सकिन्न के भन्ने के म अलमलमा पर्थे । अनि आफ्रनो मनलाई कठोर पार्दै भन्थे । मैले तिमीलाई कहीले पनि छोड्ने छैन् म जे कुरा बोलीरहेको छु । म ब्यबहारमा पनि त्यही गर्छु । तिमी जेमा खुसी हुन्छौ तिमीले त्यही कुरा अगाल्न सकक्छै म तिम्रो खुसीमा कहिले पनि बाधक बन्न आउँने छैन् । मैले यी सबै कुरा भनेपछि सिमरन पनि केही खुसी भएझै गरी केही हाँसो दिदै बोल्थीन । यदि तपाईले छोडेर जानुभयो भने पोत भनेको नि । यस्तै यस्तै कुराहरु बारबार भनिराख्थी । यसरी सिमरन र म बिच साना कुरा देख्खी लिएर ठुला कुराहरु सम्म हुने गथ्र्योे । काम देख्खी लिएर काँहा गएको र के खाएको सम्मका कुराहरु प्रत्यक दिनको फोनमा हुने गथ्र्यो । यसरी म र सिमरन प्रत्यक दिन सेकेन्ड मिनेट घण्टा गर्दै समयहरु बितेको थाहानै हुँदैन्न थियो । यसरी मान्छेले खुसीको उस्वब मनाउँने केहि समयको लागी मात्र रहेछ मेरो पनि त्यस्तै भयो । यो मायाको खेलमा कुनबेला के हुन्छ कसैलाई पनि थाहा नै नहँदो रहेछ कतिबेला खुसीको बहार आउँछ कतिबेला दुःख र पिडाको आगमनले आँखा बाट आँसुको धारा बग्छन् थाहा नै नहुँदोरहेछ । प्रत्यक दिनहरुमा आफुले सोच्दै नसोच्चेको कुरा र घटना हरुको सिकार बन्नु पर्दोरहेछ । कुन बेला के हुन्छ कसलाई के थाहा सबैले आफ्रनो भबिष्य देख्ने भएको भए आफु प्रतिको नराम्रो पक्षहरुलाई बँदलेर सधै खुसीको जिन्दगी बिताउँथे हाला । तर के गर्नु भाबिले छैठौ दिनमा के लेखिदिएको छ त्यो त सबैले भोग्नु पर्दोरहेछ कसैले पनि सोच्चेको हुँदैन्न रहेछ । मलाई पनि त्यस्तै समस्याहरुले जेलिसकेको थियो हिजो उनैले भन्ने गरेको कुराहरु मैले गर्नु भन्दा पहिला उनले नै गरेर देखाईन मैले छोड्नु भन्दा पहिला सिमरनले नै मलाई छोडेर म बाट टाढा भाग्ने तरखर गरी तर मैले केहि पनि भनिन भन्नुको पनि के नै अर्थ थियो र मैले त सिमरनलाई सच्चा दिलले माया लगाएको थिए । फेरी मायामा प्राप्ती र त्याग दुबै हुनु जरुरी छ । मैले प्रप्ती मात्र हेरेर पनि हुँदैन्न आफुले माया गर्ने मान्छेलाई खुसी दिनको लागी आफ्रनो केही खुसीहरु गुमाउँनु एउटा सच्चा प्रेमीको कर्तब्य हो भन्नेझै लाग्यो त्यसैले मैले सिमरनलाई केहि भन्न चाहिन्न । फेरी मैले भन्नु पर्ने कुरा नै के थियो र सिमरनले पनि त पढ्ेकी छे मैले जतिनै सिमरनले पनि बुझन्न सक्छे । मैले सिमरनलाई बुझाउँन पर्ने केहि कुराहरु छ जस्तो पनि लागेन अस्ती मैले मन पराएरको थिए छोड्र जाँदा त मैले केहि भनिन भन्ने हिजो उसको खुसीले आई फेरी छोडे्र गई त म के गरु । उनलाई भन्ने कुनै शब्दनै अब म सँग बाँकी थिएन । के गर्ने मनमा कुनबेला कस्तो तरङग आउँछ र चेतनाले के गराउँछ कसैलाई पनि थाहा हुँदैन्न रहेछ । मलाई पनि त्यस्तै समयचक्रको जालले जेलिसकेको थियो । सिमरनले त समय अनुसार आफुलाई परिर्वतन गर्न सक्की तर मैले आफुलाई समय अनुसार कहिले पनि आफुलाई परिर्वतन गर्न सकिन्न । सिमरनले मलाई फेरी छोड्ेर गए पनि मेरो दिलले उनलाई छोड्न मानिरहेको थिएन । म उनकै सम्झनामा बस्न बाध्य थिए । उनको यो बुझीनसक्नुको नौटङकी मायालाई भुल्नको लागी धेरै प्रयास गरिरहेको थिए तर के गर्नु जतिनै प्रयास गरेपनि सिमरनलाई यो दिलबाट हटाउँन भने सकेको थिएन । मेरो मुटुको प्रत्यक धड्कनले उनकै नाम लिईराखथ्यो ।

 

Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग ४

समय आफ्नै गतिमा अगाडी बढीरहेको थियो । म पनि आफ्ना मनमा भएका पिर र बेदना हरुलाई आत्मसाथ गर्दै त्यही समयको गति सँगसँर्गै आफ्नो जीवनको यात्रालाई अगाडी बढाईरहेको थिए । केही खुसी हुने प्रयास गर्दै थिए । सिमरन र म बिच कुराकानी नभएको पनि आज बर्ष दिन भैईसकेछ । सोच्थे उनले त मलाई भुलिसकिन होला तर मैले त अझैपनि उनको मायालाई भुल्न सकको थिएन । धेरै कोशिस गर्छु मनलाई सम्झाउन तर मन नै मान्दैन अझैपनि उनले गरेका कुराहरु मेरो मानसपटलमा गुञ्जीरहन्छ रातीको भोक र निद्रा सबै हराएको छ कसैका अगाडि हाँस्न पनि सक्दिन न रुन नै जिउँदो लास सरी बाचीरहेको छु । घाम लागे पनि , पानी परे पनि, फुल फुले पनि फुल झरे पनि उनको सम्झना हरपल आइरहन्छ । मलाई कतै हावा चल्नु हुदैन । उनको मायालु यादहरुले मलाई बार बार स्र्पश गरीरहन्छ । आफ्रनो यो अस्थिर मनलाई हर पल हर क्षन समालने कोसीस त गर्छु तर सक्दीन । उनको मायाले चर चर चिरीएको मुटूको प्रत्यक धड्कन सिरीप आजको दिन सम्म उनकै नाममा समर्पित थियो । जब उनको सम्झनाले मेरो मुटुको धड्ंकन बढन्न थालथ्यो म आफुलाई समालन सक्दिन थिय । र मैले आफ्नो अबस्थालाई स्थिर राख्नको लागी मैले त्यही मदिरा र चुरोटको साहेता लिने गर्थे । यो मायाको नसा पनि अपारको हुँदोरहेछ बोतलको नसा त के हो र यो मायाको नसा त बोतलको भन्दा सयौ गुणा ठुलो हुँदोरहेछ । तर के गर्नु मनमा जतिनै पिडा र बेदना भएपनि अरुको अगाडी हाँस्नु पर्दोरहेछ । त्यही बिबसताले गर्दा साथिभाई र ईस्टमित्रहरुको अगाडी म आफु खुसी भएको बाहाना बनाउँनको लागी हाँसेको नौटङ्की गनु पथ्र्यो । यसरी नै सारा दिनहरु बिताउँदै अगाडी बढ्दै गए । एक दिन मेरो मोबाईलमा फोनको घण्टी बज्यो मैले हेर्दा सनध्याको फोन थियो । त्यही सनध्या जो सिमरनको दिदी थीई । सनध्या मेरो स्कुल पढ्दाको धेरै मिलने साथि हो र आज पनि हामी त्यतिनै मिलछै । हामी स्कुल पढ्दा एक अर्काको कुरा खुलेर गर्थेउ । सनध्या स्कुलकै एउटा साथि रविनलाई मन पराउँथि , प्रेम गर्थि र उनिहरु बिचमा हुने गरेका कहिले खुसीको कहिले बेखुसीका  सबैकुरा म सँग भने गर्थि । त्यसले म सँग बिहे गर्दैनरे त्यसको त अर्कै केटी छे रे हो त्यही सँग बिहे गर्छरे अब म के गरु । यस्तै यस्तै कुरा गर्थि अनि म रविनलाई भेटेर सोध्थे तैले किन यसो भनेको सनध्या रोईराखेको छे त के सनध्यालाई माया गर्दैनस । अनि रविन केही बोल्दैनबोली गएर फकाउँथ्यो । अनि उनिहरु खुसी देखिन्थे मलाई पनि केही खुसीको अनुभुति हुनथ्यो । आखिर सनध्याकोे प्रेम पनि सफल भयो । सनध्याले s l c दिएको बर्षनै प्रेम बिबाह पनि गरी । म सनध्याको घरमा प्रत्यक हप्तामा एक चोटी पुग्थे । तेतिबेला म अलि कामको बेस्थताले गर्दा जान पाएको थिएन । त्यसैले फोन गरेको होला जस्तो लाग्यो मैले फोन रिसिभ गरीन । फेरी पनि फोन आएपछि केही भए जस्तो छ केही अफटेरो परेर फोन गरेजस्तो लाग्यो मैले फोन रिसिभ गरे । सनध्याले मलाई तुरुनत आनको लागी आग्रह गरी । म जुनबेला काममा अलि बेस्त थिए । किन मलाई सनध्याले एकासी बोलाई मलाई केही थाहा भएन । मैले आफ्रनो सबै काम छोडेर म सनध्याको घर तिर लागे । जुनबेला सनध्या र रविन बनेपा बस्थे भने म चै काठमान्डौ बस्थे । सनध्याले मलाई बोलाएको दुई घण्टा पछी म उनिहरुको घरमा पुगे म पुग्दा सनध्या मात्र थिई घरमा रविन काममा गएको रहेछ । अनि मैले सोधे किन बोलाएको मलाई के  काम हो तेस्तो फोनमा भन्न नहुने । सनध्याले केही बोलीन र एकछिन पछी भनि आईज माथि बरानडमा बसेर कुरा गरैला । हामी बरानड तीर लाग्यौ । जब म बरानडमा पुगे मैले त्याँहा सोचदै नसोको कुरा देख्न पुग्य । त्याँहा मैले एकासी सिमरनलाई देखे अनि म छागा बाट खसेझै भए । सनध्याले भनि यही हो कुरा यही भन्न बोलाएको हो तलाई । यति भनेर सनध्या फेरी तल झरी अब म के गर्ने के अलमलमा परे केही बोलने आट गर्न सकिन के भनेर बोलने के बोलने । सिमरन सँग बोलने आट म मा भएन र उनले पनि बोलने कुनै संकेत गरेजस्तो लागेन । हामी तल कोठामा आएऊ । मैले सनध्यालाई म घर फर्कने कुरा गरे तर सनध्याले खाजा खाएर सँगै जानु भन्ने कुरा गरी । खोई मलाई के भएको थियो तेतिबेला म जन्छु भनेर बाहीर निस्के । म घर पुग्दा बेलुकीको छ बजिसकेको थियो । खाना खाएर सुतने बेलामा मैले सनध्यालाई फोन गरे सनध्या र रविन सँग केही कुरा गरेपछी थाहा भयो । मलाई बोलाउँन सिमरनले नै लगाएको र फोनमा बोलाएको नभनु मैले बोलाएको भन्यो भने म आउँदिन भनेर नभन्नेको रहेछ । केहीबेर कुरा गरेपछी केही कुरा थाहा भयो । मलाई एकचोटी सिमरनलाई फोन गर्न मन लाग्यो मैले सिमरनलाई फोन लगाए फोन लाग्यो ऊताबाट फोन पनि रिसिभ भयो । आज फोनमा सिमरनको नै आवाज सुनियो अनि मैले सोधे आज मलाई किन बोलाएको अनि किन केही नभनेको के काम थियो कि । उताबाट समिरनले भनिन मलाई एकचोटी भेटन मन लाग्यो केही कुरा गने सोच थियो । यस्तै यस्तै केही कुरा भयो । अनी हामीले फोनबाट बिदा लियौँ ।

Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग २

मान्छेको जीबन मा धेरै ईच्छा र आकाङ्क्षाहरु हुन्छन ति ईच्छा र आकाङ्क्षा पुरा गर्नका लागि आफ़्नो घर परिवार, साथि(भाई अनि आफ़न्तहरु सबैलाई बाध्यताबश बिर्सिनुपरेको छ । भेट हुँदा सबैको मनमा हर्षले सिमा नाघ्छ, अनि छुट्टिनुपर्दा सबैलाई नरमाईलो पनको अनुभव हुन्छ ।नरमाईलो हुनुपनि स्वभाविक हो, किनकि छुट्टिएपछि केहि भर हुन्न, भोलि फ़ेरि कहि कतै भेट होला नहोला भन्न सकिन्न किनकि जीबनको कुनै भरोसा नै हुन्न । हो म याँहा त्यँही मेरो कथाको बारेमा भन्दै छु । जस्को नाम आजसम्म पनि मेरो नसा नसामा छ । जुन बेला म घुम्मनको लागि साथिसँग गएको थिय । बाटोमा एकासी  उनि सँग भेट भएको थियो ।  ऊ आफ्नो दिदिको साथमा थिईन । फेरी यो कस्तो अचम्म भयो । ऊनको दिदि त म सँगै पढ्ने साथि हो । त्यसैले मलाई उनिहरुसँग कुरा गर्न कुनै आपत्ति थिएन । हामी कुरा गर्दै अगाडी बढेउ । बिस्तारै बिस्तारै हामी बिच पनि केहि कुराहरु हुन थालो । कुरा गर्दा गर्दै के भयो के एकासी म त ऊनको नाम सोध्न पुगेछु । ऊनले पनि केही लजास्पद पाराले आफ्नो नाम बताईन । हो मलाई बल्ल थाहा भयो ऊनको नाम सिमरन थियो । हो सिमरन । सुन्दा केटाको जस्तो लाग्छ । तर होईन ऊनि त केटी थिईन । यसरी हामी बिच एकअर्काको परिचर्य सँगसँगै अनेक कुराहरु हुदै गयो । तर कुरा भने अनौपचारीक थियो । म केही सोध्थे सिमरन जवाफ दिन्थीं सिमरन केही सोध्थी म जवाफ दिन्थें,


वस,हामीबीच कुनै विषयलाईलिएर कुनै खाले वहस नै भएन । जब दिनहरु बिदै गए हामी पनि एकअर्का प्रति नजिक हुदै गएऊ । अब म पनि यो चाहान्थे कि अब ऊनि सधै मेरै सामुन्ने होस । याँहा सम्मकी टाढा हुदाँपनि बोलीको माध्यम बाट तिर्सना मेटन् पर्ने । यसरी हामी बिच एक अर्काको सम्झनामा घन्टौ घन्टा आवाजको तरङग बाट कुरा हुन्ने गथ्र्यो । यसरी समयको छालले बगाउँदा बगाउादै मलाई यसरी यती मिठो ठक्कर दियो की त्यो क्षेन मैले आज सम्मनि बिर्सन सकेको छैन् । हो त्यो ठक्कर सिमरन सँगको ठक्कर । त्यतिबेला म यति खुसी थिए जुनबेला हामी प्रेमको जालमा परीसकेका थिएउ । समय पनि निकै अघि बढिसकेको थियो । सिमरन मेरो जीवनमा आएको पनि दुई बर्ष भईसकेको थियो । जुन  समयमा म s.l.c को तयारी गरीरहेको थिए । s.l.c परीक्षा  सकेर म पनि काठमान्डौ छिरे । जँहा उनि बसने् गर्थिन उनि उही सिमरन । म काठमान्डौ गएको केहिदिन पछि सिमरन सँग भेटघाट पनि भयो । यसरी हाम्रो भेटघाटले धेरै लामो साथ पाउँन सकेन । जुनबेला  फोनमा कुरा गर्दै थियौ । त्यतिबेला सिमरनले रुदै भनेकी थि अब मलाई कहिले पनि नसम्मझनु र फोन र म्यासेज पनि नगर्नु । हामी बिचको सबै सम्बन्धलाई बिसीएर तपाई नयाँ जीवनको सुरुवात गर्नु । यसरी कुरा गर्दा गर्दै कुरा गर्न थालेको पनि दुइ घण्टा भईसकेको थियो । ऊनले फोन राख्नुभन्दा अगाडी मलाई भनेको थियो अब तपाईले एउटा यस्तो मान्छे खोज्नु जसले तपाईलाई मैले भन्दा धेरै माया दिनेहोस । यती भनेर ऊनले फोन काटीदिन मैले पूर्ण फोन लगाए तर फोन लाग्न सकेन्न त्यतिबेला सम्म सिमरनले मोबाईलको सुईच बटम दबाईसकेको थियो । त्यो दिन त्यतिकै बित्यो । मनमा अनेक कुराहरु खेलीरहेका थिय कतिबेला निदाए थाहा नै भएन । भोलीपल्ट उठदा बिहानीको आठ बजीसकेको थियो । मैल पूर्ण फोन उठाए र नम्मर दबाए फोन त लाग्यो खुसी भए तर खुसी हुनु मात्र भयो फोन उठाउँने सिमरन थिईन फोनमा उसको आमाको आवाज सुनियो मैले केही नबोली फोन राखिदिए । जुनबेला  म पाटन हाई स्कुलमा कक्षा एघारमा अध्यन गर्दै थिय । तर मैले मेरो पढईलाई पूर्णता दिन सकिन्न । घरमा पनि बस्न मन नलागेपछि म साथिहरुकोमा गए ।  मैले सोचेको पनि थिएन मलाई सिमरनले यति सम्मको घात गर्छे मलाई धोका दिन्छे । सोचे जस्तो नहुदोरहेछ जीवन यदि हुदोहो त कसैले पनि रुन पर्दैन थियो होला सोचेका सबै सपनाहरु पुरा  हुन्थेंहोला । मैले जस्तो कहिले पागल सरी हाँसेको हाँर्सै त कहिले लाटो सरी मौन बस्नुपर्ने यो पृथ्वीको भार सरी बोझील्ला जिन्दगी जिउन पर्ने थिएन होला । हो जिउन पर्ने थिएन होला । त्यो बेला मलाई म आफ्रैले समालन्न सकिरहेको थिएन । अर्धचेत जस्तो भएर सहरका गल्ली गल्ली भौतारीरहेको थिय । मैले आफ्नो पढईलाई पनि पूर्र्णता दिन सकिन्न मैले आफ्नो अबस्थालाई कहिलेपनि पहिलेकै अबस्थामा राख्न सकिन्न । बार बार सिमरनको सम्झनाले सताई राखेको थियो ।
                                   उसको सम्झना बाहेक अरु केही थिएन म सँग केबल थियो  त उहि सिमरनको सम्झना
                                                                                                         हो उहि सिमरनको सम्झना ।

Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

Categories
Yatharta

मेरो कथा भाग -1

जब म सानो थिए मलाई जुन बेला कुनै कुराको आभास थिएन । र म समयको गति सगैँ अगाडी बढिरहेको थिए र दिन प्रतिदिन समयको गती सँगै केहि अप्ठरा अप्पतारीला  जीवन यात्रा गरीरहेको थिय । यी यात्रा हरुमा कतै ठेस लाग्छ कतै ठकर अनि कतै ओराली झर्नपर्ने त कतै उकाली चढ्न । यस्तै यस्तै समस्या हरुलाई आत्मसाथ गर्दै अगाडी बढीरहेको थिए । हो म याहाँ भन्दै छु मेरा कथा मेरा भोगाई हो वास्तविक जीवनका मेरा भोगाईहरु । समय त्यस्तो चिज रहेछ जस्लाई कसैले रोक्न नसक्ने अनि छेक्न पनि । आज मलाई त्यही समयको छालले  बगाउँदै बगाउँदै कहिले गाउँघरको पाखा पखेरा अनि कहिले सहरका अपरिचीत ब्यतिसगँको ठक्कर त कहिले आफ्नै साथीभाई र ईस्टमित्र बाट पाएका तुच्छ बचन अनि ब्यबहारको सामना गर्दै समयको गति सगैँ आफ्ना अमुल्य समयलाई अगाडी बढिरहेको थिए । यीनै समयको गतिलाई अबलम्बन गर्दै आफ्ना कार्यहरुपनि अगाडी बढाईरहेको थिए । थाहा थिएन मलाई समयको गतीसगैँ म पनि ठुलो भईसकेछु । हो ठुलो । आज म कक्षा आठमा  पढ्ने भएछु । अनि मेरा बिभिन्न शारिरिक तथा मानसिक  रुपमा पनि परीर्वतन हुन थालीसकेको थियो ।


वास्तवमा सोचे जस्तो हुन्नरहेछ जीवन । आज म तिनै साथिभाई हरुसँगको साथ भन्दा टाढा हुन पर्ने अबस्था आएको छ । हो यो समय जाली रहेछ । अनि छलकपट पनि । हो हिजोको ती साथिहरु सँग गरेका ती रमाईला कुराकानी अनि हाँसखेल  गर्ने समयको अनत्य भएजस्तो लागिरहेको थियो । तर म गलत रहेछु मैले सोच्चे भन्दा फरक भईदियो । मैले त्याँहा  तिनै साथिहरु जस्तै साथ र माया दिने साथिहरु पाए । जुन बेला म कक्षा नौ को अध्यन गर्ने क्रममा थिए । तर मैले ती मेरा पहिलेका साथिहरुलाई कहिले पनि बिर्सन सकेको थिएन । र म बेला बेला घर पनि जान्थे । र म घर गएपनि घरमा कहिले बसदिनथे म तिनै साथिहरुको घरमा पुग्थे । र मेरा दिनहरु उनिहरुसँगै बिताउने गर्थे । यिनै जीन्दजीको यात्रा गर्दा गर्दै कति सँग घनिष्ट नाता जोडीयो भने कति सँग छेनिक । हो बेलाबेलामा मेरा साथिहरुले भने गर्थे । याँहा यस्तै हुन्छ के गर्ने कुनबेला कोसँग भेट हुन्छ थाहा नै हुदैन्न । आज मेरो जीबनमा पनि उनिहरुले भने जस्तै भएको छ । यीनै जीवनको यात्रा गर्दा गर्दै मैले पनि धेरै ब्यतिहरुसँग आकस्मिक भेटघाट र चिनजान भएको थियो । यसैक्रममा मेरो त्यो ब्यतिसँग भेट भयो जस्लाई मैले आजसम्म पनि बिर्सन सकेको छैन् । जस्को नाम आज पनि मेरो प्रत्यक मुटुको धड्कन सँग मेरो प्रत्यक नसा नसामा बहगीरहेको छ । हो प्रत्यक मुटुको धड्कन अनि मेरो प्रत्यक नसा नसामा उसकै नाम छ ।

Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

Categories
सोचे जस्तो हुन्न जीवन

माया

बिच बाटोमा कांडा पर्यो टेक्ने मन छैन धोका दिने निष्ठुरीलाई देख्नै मन छैन एका देशको कथा जस्तै भयो हाम्रो माया अधुरो छ कहानि त्यो लेख्नै मन छैन

माया – !

मायालाई अर्थ्याउन सक्ने भए,
माया परिभाषित हुने भए
पानीमा लेखिन्थ्यो प्रेम कथा,
बालुवामा कोरिन्थ्यो जीवन गाथा

मायामा यस्तो गगन हुन्छ,
जहाँ जून पनि,घाम पनि हुन्छ
मायामा यस्तो लगन हुन्छ,
जहाँ राधा पनि,मीरा पनि हुन्छ

मायाको सस्तो बजार भए,
मायालाई किन्ने हजार भए
टुक्रा टुक्रा गरि बेचिन्थ्यो मुटु,
तोला तोला गरि किनिन्थ्यो चाह

मायामा यस्तो गणित हुन्छ
जहाँ न जोड, न घटाउँ हुन्छ
मायामा यस्तो फलित हुन्छ
जहाँ सुदामा पलमै कृष्ण हुन्छ

Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)