Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग ८

हावासँग उडेको आत्मा जीवन के हो कस्लाई के थाहा जीवन एउटा कथा रहेछ । सुख पछि दुःख दुःख पछि सुख , हाँसो पछि आँशु आँसु पछिको हाँसोको एउटै सामीप्यता अनि मीलन पछि विछोड विछोड पछि मीलन यसरी समयले छल गर्दै गर्दै सेकेन्ड मीनेट घण्टा दिन महिना र बर्ष गरी समयले नेटो काटीरहेको थियो । अनि म पनि त्यही समयलाई आत्मसाथ गर्दै अगाडी बढीरहेको थिय । अब त मेरो मन भित्र हरेक कुराहरुको भण्डार भए झै लागीरहेको थियो । कि सिमरनले साच्चै नाटक गरेको त हैन्न । मेरो जीवनमा ठुलो हुरीबतास ल्याउन आटेको त हैन्न । उनको खुसीलाई हेँर्दा मलाई केही भन्नै मन लाग्दैनथ्यो । तर के गर्नु कहीले काही त झर्को लागेर आउँथो । उसैले  त हो मलाई छोडेर गएकी फेरी उसैलाई सम्झेर यो मनमा कती पिर र पिडालाई गोडमेल र जलमल गरेर राख्ने । यसरी मेरो जिन्दगी कतीन्जेल चल्छ यस्तै कुराहरु मनमा खेलीरहँदा त केही घृणा जागेर आउँथ्यो र केही क्षण भुलन सफल हुन्थे । तर के गनु दिन पछि रात त अबश्य आईहाल्छ त्यो त प्रकृतिको नियमनै थियो । मलाई पनि सिमरन सँगको प्रेम त्यही प्रकृतीको नियम झै थियो मीलन पछि बिछोड बिछोड पछि मीलन यसरी सिमरनले मलाई एउटा खेलौना सम्झेर बार बार मेरो जीवनको गोल पोष्टमा गोल छिराउँने प्रयास गरीरहेकी थी तर सफल हुन भने सकेको थिईन । किनकी सिमरनलाई गोल हान्न दिएर हारको बिजय उस्वब मनाउने रहर म सँग थिएन । म चाहान्थे जिउँदै पलपलमा किन मर्न नपरोस तर जित भने अबश्य गर्छु भन्ने जोस र जागर अझै मेरो मन मस्तिक बाट भाग्न सकेको थिइन । के गर्नु मनलाई भुलाउँदै आफ्रनो जिन्दगीलाई जिन्दगीलाई केस्रा केस्रामा केलाउँदा आफैलाई सोध्न मन् लाग्छ के  यस्तो पनि जिन्दगी हो र भड्किन खोज्ने मनलाई बहलाउन सोचे जस्तो हुन्न जीवन खोजे जस्तो हुन्न जीवन भन्न मन लाग्छ । सत्य हो । घाउ बिनाको चोटमा भक्कानिदै मुटु दुःखेको पल, मेरो मनमा पनि त्यस्तो अनर्थ गर्ने रहर जागेर आएको थियो । हुन त जीवन भोगाइसँग सन्तुष्ट नहुने सबैले देह त्याग गर्नै पर्छ भन्ने छैन । मेरो भोगाइले यस्तै भन्यो । स्वप्नील संसारमा औंसीको कालो रात आउँदा मलाई त्यो बाटो प्यारो लागेको थियो । पटक, पटक मेरो आत्माले मलाई त्यही बाटो हिँड्न अभिप्रेरित गर्दथ्यो । जीवनदेखि अघाएर भनौं या हार मानेर । मैले हिड्न खोजेको गोरेटो वास्तवमा गलत रहेछ । मैले गलत गर्नबाट आफूलाई जोगाए । मैले जित्नुपर्छ भन्ने हर मान्छेमा हुने स्वभाव हो । त्यो स्वभावबाट म पनि चोखो छैन । जित्नुपर्छ भन्ने लोभी चाहनाले मलाई पनि बेला बेलामा गाँजेकै हो । सबै मान्छेमा जित्ने चाहना हुन्छ । तर जित्ने तरिका फरक । जाल झेल गरेर जित्छु भन्ने एकथरी छन् । अर्कोथरी जाल झेलबिनाको जितलाई मात्र जित हो भन्छन् । वास्तवमा जालझेलबिनाको जित नै सही जित हो । यो जित परन्तु रहन्छ । म पनि जाल झेलबिनाको जित चाहन्थे । त्यो जितमा मेरो पसिनाको लगानी होस् । तर स्वार्थीहरूको बस्तीमा इमानदारिता नचाहेरै मर्दो रहेछ । मेरो इमानदारिता बिस्कुन लागेको पल एकाएक आफैंसँग हार्न पुगे । म हारेकै हो भन्ने लागेको थियो मलाई त्यो पल । वास्तवमा त्यो हार, हार थिएन । मैले त्यहाँ हारेर पनि जितेको रहेछु । मैले मान्छे नजिकबाट चिन्ने अवसर पाएँ । मान्छेलाई तौलन पाउनु मेरो जित थियो । सुन्दर अनुहारभित्र कालो मन लुकेको हुन्छ भन्ने थाहा पाएँ । म अन्धा भक्तको लागि सुतेको मलाई जगाउने माध्यम भयो । बलेको आगो ताप्ने जमातमा आफूचाहिं आगो बालेर ताप्छु भन्नु मूर्खता रहेछ । जन्मँदा एक्लै मर्दा पनि एक्लै जानुपर्ने रीत दुनियाँको । त्यसैले त जिन्दगीका मोडहरूमा कोही कसैको साथ हुन्न । बनावटी र देखावटीका साथ अनि नामको मात्र साथ यहाँ धेरै छन् । कमैको भाग्यमा मात्र सही साथ जुरेको हुन्छ । सही साथ जुर्नेहरू यहाँ हाँसेको छन्, जितेका छन् । एक अर्कोले मनमा लगाम लगाउन नसक्ने साथहरू भित्रभित्रै दुखेका छन् । त्यस्ता साथहरू नभएकै बेस हो । जसले साथीमा हुनुपर्ने गुण बुझेको हुन्न । जसले साथीले निभाउनुपर्ने भूमिका निभाउन जानेको हुन्न । त्यो साथी साथी होइन जसले मौका मिल्दा आÏनै साथीको आँखामा पर्दा हाल्ने काम गर्छ । साथी साथी बीचमा कहिले पनि पर्दा हाल्नु हुन्न । हरेक कुराहरू खुला किताबसरह हुनुपर्छ । यदि यस्तो भयो भने मात्र त्यो साथ दीर्घायु रहन्छ । त्यो साथ सजिलै शिखरमा पुग्नेछ । मान्छेको जिन्दगी कर्कलो पातको पानी रहेछ । कहिले पनि यो स्थिर रहन जान्दैन । त्यसैले मान्छेका जीवनमा अनेकौ उतार चढावहरू आउँछ । त्यसको सामना गर्नु नगर्नु हाम्रै हातको कुरा हो । बुझेर बुझ्नै सकिन्न हामीले हाम्रो जिन्दगी । जिन्दगीलाई खोज्दा खोज्दै हामी एकदिन थला पर्छै यसको कुनै निश्चित आकार छैन । आकार हुने भए पो यसलाई बुझ्न र देख्न सकिन्थ्यो । त्यसैले त होला मान्छेको जिन्दगी रहस्यमय भोगाइ बनेको । हरेक मोडमा दोबाटा भेटिन्छन् । कुनचाहिं बाटोले सही गन्तव्यमा पुर्‍याउँछ चिन्न सक्नु नसक्नु हाम्रै कमजोरी हो । आज जति पनि परिर्वतन भएका छन् त्यो सब समयको माग बुझेर आफूलाई सही बाटोमा हिंडाउन सक्नेहरूबाटै भएका छन् । जसले आफ्नो जीवनलाई धेरै नजिकबाट बुझे सही गन्तव्य चिने । आफूलाई सही प्रयोग गर्न जानेकै कारण उनीहरूले जिते सधैंजित्नेछन् । जन्मेपछि एक दिन हामीले मर्नुपर्छ । मान्छे भएर जन्मेपछि बाँचेर मर्ने होइन मरेर पनि बाँच्नु सक्नुपर्छ । जन्मने र मर्ने काम हामी सबैबाट हुन्छ । जन्मने र मर्ने काम मात्र भयो भने हामी मान्छे हुनै सक्दैनौं । हामीले मरेर पनि बाँचिरहने काम गर्न सक्यौ भने मात्र पो हामी मान्छे बन्छौं । स्वार्थबाट मुक्त हुन जरुरी छ । जाल झेल र पाप कर्मबाट बँच्न जरुरी छ । फूलको आँखाले संसार नियाल्नु जरुरी छ । सुन्दर फूल गुलाव पनि त काँडै काँडाबीच फूलेको हुन्छ । आफू काँडाबीच फूलेर पनि बगैंचाको शोभा बढाउन ऊ तल्लीन रहन्छ । हामीले पनि गुलाव बन्ने प्रयास गर्नुपर्छ । सिक्काको दुई पाटा भएझैं हाम्रो यात्राका हर मोडमा दुईटा बाटाहरू हुन्छन् । सुख , दुःख, हाँसो , आँसु, पाउने , गुमाउने, लुटाउने , लुट्ने, सही , गलत । कुन चाहिँ बाटो हामीले हिँड्छौ त्यहीअनुसार हाम्रो स्थान हुनेछ । मैले त आजको दिन सम्म सहीबाटो यात्रा रोजने कोसीस गर्ने छु हो सिमरन अब म कहिले पनि मनमा तिम्रो कारनले परि र पिडा बोकेर राख्ने छैन् । सधै हाँसने प्रयास गर्ने छु

 

    Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

admin ADMIN avatar

By admin

I am admin of https://pieinmyeye.com/

Get involved!

Get Connected!

Come and join our community. Expand your network and get to know new people!

Comments

No comments yet