Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग ७

जीवनको रङगमञ्चमा सबैले हिड्नुपर्छ समय सधै एक नासको हुँदैन्न दिनमा घाम र रातमा जुन लाग्ने क्रमत प्रकृतिको नियम हो तर कहिले बाँदल हुरी बतास सँगसँगै पानि पनि नकराईकन ओईरीन सक्छ । पछिको कुरा कसैले देखेको हुँदैन्न हरेक ब्यतिहरुको जीवनको आरोह अबरोह बिच माया प्रेम , सुख दुःख हासखेल एक पछि अर्को क्रममै सँग आउने गर्दछ । मेरो जीवनको यात्रामा पनि यस्तैै हुँदै गईरहेको थियो हाँसो खुसी र दुःख पिडा एक पछि अर्को गर्दै क्रममै सँग आईरहेको थियो । तर के गर्नु जस्तो सुकै समस्या र आपतबिपत आईपरेपनि मनलाई दरो बनाई सामना गर्नु पर्दो रहेछ । जीवन एउटा अलैकिक प्रेम हो तर सिमरनले बुझीन्न । कसरी सच्चा हृदयमा डुबेर प्रेमको आनन्द लिन्ने भन्ने कुरा उनले बुझन्न चाहिन । म सोचने गर्थे जीबन एउटा खेल हो कहिले हारीन्छ त कहिले जितीन्छ । जीवन यस्तै एउटा निश्चित चक्रमा घुमीरहेको हुन्छ । हार पछि जित त अबश्य आउछ तर त्यो जितको प्रतिक्षा गर्ने सार्मथ्य अब ममा बाँकी थिएन । जित हुन्ने आँशा मैले मारीसकेकोृ थिए । अबको प्रत्यक पल म सिमरनलाई भुल्ने कोसीस गर्ने प्रयन्तन गर्दै अगाडी बढ्दै थिए । तर के गर्नु मुखले भनेझै नहुदोरहेछ । यो मनले बिर्सने कुरा कहिले पनि गरेन के गर्ने के नगर्ने प्रत्यक क्षण उनको सम्झनाले सताई राखथ्यो । किन मलाई मात्र यस्तो हुन्छ के यो दुनियामा मैलेमात्र माया लगाएको हो ? म यस्तै पिडाले ओतपोत भएको जीवन बिताउनको लागी जन्म लिएर आएको हो ? मनमा यस्ता कयौ कुराहरुले डेरा जमाई राखथ्यो । अब त मलाई यस्तो लाग्न थालीसकेको थियो । संसारमा भएभरको दुःख , पिडा र जलनहरु मेरै भाग्यमा परेको छ त्यसलाई मैले सामना गर्न सक्नुपर्छ । अब मैलेपनि काँडैकाँडा बिच फुलेको गुलाबले झै सुवास छर्नुपर्छ मैन बतिले आफु जलेर सिधिन्छु भन्ने कुरा थाहा हँुदा हँदैपनि उज्यालो दिएझै मैले पनि अरुलाई हासो र खुसी दिन सक्नुपर्छ अरुको खुसीमा म पनि खुसी हुन्न सिकन्नु पर्छ यस्ता सयौं कुराको आभास हुँदै आएपछि केही खुसी हुने प्रयास गर्न थाले । मनका हरेक पिडाहरुलाई सँगै लिएर कसरी खुसी हुन्न सकिनथ्यो र बार बार उहि सिमरनको सम्झनाले सताईरहनथ्यो । सिमरनले मेरो साथ छोडेपनि मेरो मनले उनको साथ कहीले पनि छोडे्न । हरक्षण हरपल उनको सम्झन्नाले मेरो प्रत्यक पाईला पाईलामा सहयात्री भएर बसीरहयो । यसरी मैले आफ्नो जीवनको यात्राहरुलाई समयको गतीसँगै परिवर्तन गर्न पटक पटक प्रयास गरीराख्य तर मैले त्यसमा कहीले पनि सफलता पाउँन सकिन्न । मेरो हरेक दिनहरु उनकै सम्झनामा बितन्ने गथ्र्यो । एक दिन म सिमरनलाई सम्झीएर उनको बारेमा मनमा अनेक कुराहरु सोचीरहेको थिए । यतिकैमा मेरो मोबाईलमा फोन आएको संकेतले मोबाईलको रिङटोन बज्यो तर फोन भने हईन कसैले मिसकल गरेको रहेछ । नम्बर नँया थियो नचिन्को नम्बर भएको कारणले मैले त्यति वास्था गरीन त्यसको केहीबेर पछि पुण उहि नम्बरबाट मिसकल आयो यसरी धेरै पटक मिसकल आएपछि मैले पुण त्यही नम्बरलाई रिडायल गरे फोन पनि लाग्यो उता बाट फोन रिसिभ भयो फोनमा कुनै अपरिचित व्यतिको आवाज सुनियो मैले को हो भनेर छुटाउँन सकिन्न किनकी मैले त्यो आवाज आज भन्दा अगाडी कहिले पनि सुन्नेकै थिएन । हामी बिच केही कुराहरु भए एकअर्काको परिचर्य सँगै केहि पारीवारीक कुराहरु भयो । कुरागर्ने क्रममा उनले साथि बन्ने पस्ताब राखिन्न मैले पनि उनको पस्ताबलाई स्वीकार गरीदिए हामी बिच त्यतिबेला यस्तै यस्तै एकअर्कालाई चिनाउँने आफ्रनो केही जानकारी मुलक कुराहरु भयो । मलाई त्यतिबेला थाहा भयो उनको नाम समिक्षा अनि घर चै हेटैडा रहेछ । हामीले त्यतिबेला १० मिनेटसम्म फोनमा कुरा गरेछौ त्यसपछि हामीले फोनबाट बिदा लिएउ । यसरी उनी अर्थात समिक्षा र म बिच प्रत्यक दिन जसो फोनमा कुराकानि हुन्न थालिसकेको थियो । जब मलाई सिमरनको यादले सताउँन थालथ्यो अनि मन भुलाउँने बाहानाले म समिक्षालाई फोन गर्थे उनलाई फोन गर्दा त मन केहि भुलेझै लागथ्यो उनको त्यो सुमधुर कोईलीको झै मिठो बोली अनि उनले भनेको भाबुकमए प्रेमिक शब्दहरुले मलाई केहिक्षण सिमरनको यादहरु भुलाउँने सारथि बन्दथ्यो । यसरी एउटालाई भुलन्ने क्रममा अर्को व्यतिसँग नजिक हुँदैछु भन्ने कुराको मलाई केहि थाहा पत्तो भएन । यसरी दिन दिन फोनमा कुराकानि गर्दा गर्दै अब हामी बिच एक अर्कालाई देख्ने चाह बढ्दै गप्यो । यो के भयो किन उनको र मेरो मनले एउटै कुरा गरीरहेको थियो । देख्दै नदेखेको मान्छे प्रति पनि यो मेरो मनले किन प्रेमिक भाब जगाईरहेको थियो थाहा थिएन मलाई । यसरी समिक्षालाई देख्ने चाह दिन दिन भएपछि मैले सामाजिक सञ्जाल फेसबुकको सहयोगलिए । त्यसै सञ्जाल बाट समिक्षा र मेरो फोटो साटासाट भयो । अब हामी बिच फोनको कुराकानि भन्दा बढि फेसबुकमा च्याटबाट कुरा हुन्नथाल्यो । यसरी फेसबुक बाट कुरा गर्दा त सिमरनलाई भुल्न सजिल्लो हुनथ्यो । जब फेसबुकबाट छुटीएर सुत्ने तरखर गर्थे । फेरी उहि निष्टुरी मायाको याद आईहालथ्यो प्रत्यक रातको सपनिमा उनलाईनै देख्थे । हो उही निष्टुरी सिमरनलाई देख्थे । मैले हरेक दिन समिक्षाको साथले भुल्न सफल भएपनि हरेक रातको सपनिले बिर्सीसकेको पलहरुलाई सम्झनामा रुपान्तरण गराईदिनथ्यो । तर के गर्नु हजारौ पिडाहरु सँग लडभिड गरेर आफ्रनो जीवनको गन्तब्यहिन यात्रालाई अगाडी बढाउँदै जानुपर्दो रहेछ । अबत मलाई यस्तो लाग्न थालीसकेको थियो मेरो भाबना र समिक्षाको चाहनापनि धेरै नजिक हुँदै आईरहेको छ । हुने हुनामी तारेर तर्दैन दैबले खेलाएको खेल र भावीले बनाएको जाल जे हुनु छ त्यो त अबश्य हुन्छ भनेझै लागथ्यो । सुनेको थिए मैले देख्खेको हैन लेखखेको चाहीन्छ सायद मेरो भाग्यमा भाबिले माया लेख्खीदिएको छैन रहेछ क्यारे र त मैले सिमरनलाई पाउँन सकिन्न । सोचे जस्तो किन हुनथ्यो , देख्खेको सबै चिज काँहा पाईनथ्यो र लेख्खेको चाहीदोरहेछ । मेरो मनको तर्कसँग प्रसंग मिल्छ मिल्दैन तर मलाई सोच्न बिबश र बाध्य बनाउँछ । मनले सोचेजस्तो र खोजेजस्तो कहाँ हुन्छ र जन्म लिदा भाबिले के लेख्खीदिएको छ त्यो त सबैले भोग्न पर्दोरहेछ । कस्तो अचम्म जीवन एउटा अविरल गतिसँगै हिंड्नपर्ने एउटा प्राहार नसकिंदै अर्को प्रहार सुरु हुने् छटपटी र जलन त मेरो पेवा जतिकै भएको थियो । र म पनि तिनै कुराहरुलाई आत्मसाथ गर्दै भोग्न बाध्य र बिबश थिए ।

 

Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

admin ADMIN avatar

By admin

I am admin of https://pieinmyeye.com/

Get involved!

Get Connected!

Come and join our community. Expand your network and get to know new people!

Comments

No comments yet