Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग ५

कागतीलाई निचोरेझैं मैले पनि आफ्नो मनलाई निचोरे । बुझिनसक्नुको जिन्दगीलाई केही बुझेजस्तो लाग्यो । बहकिन खोज्ने पापी मन लाई थम्थम्याउँदै केही सपना बुन्ने सोच बनाउँदैे समयको गती सँगै आफ्नो यात्रालाई पनि अगाडी बढाउँदै गए । यो मानबको जीवन पनि कस्तो कस्तो थाहानै नपाई कसैको माया पाउँनु गुमाउँनुको कुनै सिमानै नहुने भन्न त भन्थे मान्छेहरु केही कुरा सिक्न र जान्नको लागी पढे्र र गरेर भन्दा आफैलाई परेर जान्दछ । आज मलाई यो कुरा साच्चै हो जस्तो लाग्न थालेको छ बास्तबमा मान्छेले केही कुरा जान्नको लागी आफ्नो जीवनका तिता मीठा भोगाई हरुनै सबै भन्दा ठुलो पथ प्रर्दशक हुदो रहेछ । यो माया पनि कस्तो कस्तो कुनबेलामा रुवाउँछ कुनबेला हसाउँछ अनि कुनबेला मिलन र बिछोड् हुन्छ थाहा नै नहुने । आज मलाई पनि त्यस्तै लाग्न थालेको छ । के मैले सिमरन सँग लगाउँने माया र अरु ब्यतिले एक अर्का प्रति लगाउँने माया को भोगाइहर्रु पनि यस्तै हुन्छ । सायद नहोला माया त सबैले गर्छन् तर सबैले साच्चो माया लाएको हुदैँन यदी साच्चो माया लगाएको हो भने मेरो मुटुको धड्कन र त्यो प्रेमी जोडीको धड्कन अवश्य एक हुन्छ । यसरी नै मनमा अनेक कुराहरु खेलाउँदै आफ्नो दिनहरु बिताउँदै गए । सिमरन सँग पनि केही नजिक भएको जस्तो आभास हुनथ्यो तर मैले सिमरनलाई पुर्ण फोन भने गरेको थिएन । तर म धेरै खुसी थिए । किनकी सिमरन लाई एक बर्षको अन्तरमा देख्न पाए । अनि उनको आवाज सुन्न पनि । त्यो दिन म धेरै खुसी थिए । उनिसँग हुँदाको त्यो रमाईला क्षण अनि नहुदाका बेखुसीको यादहरु अझै ताजा नै थियो । त्यही कहिले खुसीका त कहिले बेखुसीका दिनहरुलाई सम्झेर मेरो दिनहरु बिताउँने ग्रथे । समय आफ्नै गतीमा थियो । म पनि त्यही समयको गतिलाई पछाईरहेको थिए । साथिभाई सँगको भेटघाट अनि हासखेलमा म पनि सामेल हुने र खुसी हुने गर्न थालेकोले साथिहरु पनि हर्षित थिए । एक दिन बिहानीको छ बजेतिर मेरो मोबाईलमा कसैको फोन आएको संकेतले मोबाईलको रिङटोन बज्यो । जुनबेला म सुतिराखेको थिए । उप्त फोनको रिङटोनले म निनद्रा बाट बिउँझीए हेर्दा मोबाईलमा सिमरनको फोन आईरहेको रहेछ । मैले फोन रिसीभ गरे । फोनमा हाम्रो खासै त्यस्तो केही कुरा भएन सन्चो बिसन्चोका कुराहरु भए केहीबेर कुराकानि भएपछि हामी फोनबाट बिदा लिएउँ । यसरी अब हामी बिच प्रत्यक दिन जस्सो फोनमा कुरा हुन्न थाल्यो कहीले सिमरनले फोन ग्रथिन त कहीले मैले । यसरी फोनमा कुरा गर्दा समिरन प्राय पछिको बारेमा कुराहरु गर्ने गर्थिन । समयको छालले बगाउँदा बगाउँदै कहीले हासो खुसी त कहीले दुःख पिडा अनि आँशुको तालमा पछारीदिदो रहेछ कसैलाई थाहा नै नहुने कस्तो अचम्म । यसरी सिमरन र म बिच कुराकानि हुन थालेकोपनि आज मैहिनौ महिना भैसको थियो । अब त यो समयको गती पनि कति छिटो बितेझै लाग्ने ग्रथ्यो मिलथ्यो भने म त्यो समयलाई रोक्न चाहान्थे तर के गर्नु यो सब मेरो बहसमा हुने भएको भए सम्भब हुनथ्यो होला तर के गर्नु त्यो सम्भब थिएन । यसरी नहुने कुराहरुको बारेमा सोच्नु मात्र थियो मेरा सोचाईहरु सबै सपना जस्तै लागथ्यो र सपनामै सिमीत रहनथ्यो । सिमरन सँग कुरा नभएको दिनहरुमा के नभएको केही काम बिक्रेको आफुबाट केही कुरा टाढा भएको जस्तो आभास हुनथ्यो । कुराहरु गर्ने क्रममा कहिले काही सिमरनले मलाई भन्ने ग्रथिन यदि तपाईले मलाई छोड्नु भयो भने म कसम मरीदिन्छु । यसरी सिमरनले आफु मर्ने कुरा गरेपछि म आफुलाई नै नरमाईलो लागथ्यो । मैले केही भन्न सकिन्न के भन्ने के म अलमलमा पर्थे । अनि आफ्रनो मनलाई कठोर पार्दै भन्थे । मैले तिमीलाई कहीले पनि छोड्ने छैन् म जे कुरा बोलीरहेको छु । म ब्यबहारमा पनि त्यही गर्छु । तिमी जेमा खुसी हुन्छौ तिमीले त्यही कुरा अगाल्न सकक्छै म तिम्रो खुसीमा कहिले पनि बाधक बन्न आउँने छैन् । मैले यी सबै कुरा भनेपछि सिमरन पनि केही खुसी भएझै गरी केही हाँसो दिदै बोल्थीन । यदि तपाईले छोडेर जानुभयो भने पोत भनेको नि । यस्तै यस्तै कुराहरु बारबार भनिराख्थी । यसरी सिमरन र म बिच साना कुरा देख्खी लिएर ठुला कुराहरु सम्म हुने गथ्र्योे । काम देख्खी लिएर काँहा गएको र के खाएको सम्मका कुराहरु प्रत्यक दिनको फोनमा हुने गथ्र्यो । यसरी म र सिमरन प्रत्यक दिन सेकेन्ड मिनेट घण्टा गर्दै समयहरु बितेको थाहानै हुँदैन्न थियो । यसरी मान्छेले खुसीको उस्वब मनाउँने केहि समयको लागी मात्र रहेछ मेरो पनि त्यस्तै भयो । यो मायाको खेलमा कुनबेला के हुन्छ कसैलाई पनि थाहा नै नहँदो रहेछ कतिबेला खुसीको बहार आउँछ कतिबेला दुःख र पिडाको आगमनले आँखा बाट आँसुको धारा बग्छन् थाहा नै नहुँदोरहेछ । प्रत्यक दिनहरुमा आफुले सोच्दै नसोच्चेको कुरा र घटना हरुको सिकार बन्नु पर्दोरहेछ । कुन बेला के हुन्छ कसलाई के थाहा सबैले आफ्रनो भबिष्य देख्ने भएको भए आफु प्रतिको नराम्रो पक्षहरुलाई बँदलेर सधै खुसीको जिन्दगी बिताउँथे हाला । तर के गर्नु भाबिले छैठौ दिनमा के लेखिदिएको छ त्यो त सबैले भोग्नु पर्दोरहेछ कसैले पनि सोच्चेको हुँदैन्न रहेछ । मलाई पनि त्यस्तै समस्याहरुले जेलिसकेको थियो हिजो उनैले भन्ने गरेको कुराहरु मैले गर्नु भन्दा पहिला उनले नै गरेर देखाईन मैले छोड्नु भन्दा पहिला सिमरनले नै मलाई छोडेर म बाट टाढा भाग्ने तरखर गरी तर मैले केहि पनि भनिन भन्नुको पनि के नै अर्थ थियो र मैले त सिमरनलाई सच्चा दिलले माया लगाएको थिए । फेरी मायामा प्राप्ती र त्याग दुबै हुनु जरुरी छ । मैले प्रप्ती मात्र हेरेर पनि हुँदैन्न आफुले माया गर्ने मान्छेलाई खुसी दिनको लागी आफ्रनो केही खुसीहरु गुमाउँनु एउटा सच्चा प्रेमीको कर्तब्य हो भन्नेझै लाग्यो त्यसैले मैले सिमरनलाई केहि भन्न चाहिन्न । फेरी मैले भन्नु पर्ने कुरा नै के थियो र सिमरनले पनि त पढ्ेकी छे मैले जतिनै सिमरनले पनि बुझन्न सक्छे । मैले सिमरनलाई बुझाउँन पर्ने केहि कुराहरु छ जस्तो पनि लागेन अस्ती मैले मन पराएरको थिए छोड्र जाँदा त मैले केहि भनिन भन्ने हिजो उसको खुसीले आई फेरी छोडे्र गई त म के गरु । उनलाई भन्ने कुनै शब्दनै अब म सँग बाँकी थिएन । के गर्ने मनमा कुनबेला कस्तो तरङग आउँछ र चेतनाले के गराउँछ कसैलाई पनि थाहा हुँदैन्न रहेछ । मलाई पनि त्यस्तै समयचक्रको जालले जेलिसकेको थियो । सिमरनले त समय अनुसार आफुलाई परिर्वतन गर्न सक्की तर मैले आफुलाई समय अनुसार कहिले पनि आफुलाई परिर्वतन गर्न सकिन्न । सिमरनले मलाई फेरी छोड्ेर गए पनि मेरो दिलले उनलाई छोड्न मानिरहेको थिएन । म उनकै सम्झनामा बस्न बाध्य थिए । उनको यो बुझीनसक्नुको नौटङकी मायालाई भुल्नको लागी धेरै प्रयास गरिरहेको थिए तर के गर्नु जतिनै प्रयास गरेपनि सिमरनलाई यो दिलबाट हटाउँन भने सकेको थिएन । मेरो मुटुको प्रत्यक धड्कनले उनकै नाम लिईराखथ्यो ।

 

Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

admin ADMIN avatar

By admin

I am admin of https://pieinmyeye.com/

Get involved!

Get Connected!

Come and join our community. Expand your network and get to know new people!

Comments

No comments yet