Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग ४

समय आफ्नै गतिमा अगाडी बढीरहेको थियो । म पनि आफ्ना मनमा भएका पिर र बेदना हरुलाई आत्मसाथ गर्दै त्यही समयको गति सँगसँर्गै आफ्नो जीवनको यात्रालाई अगाडी बढाईरहेको थिए । केही खुसी हुने प्रयास गर्दै थिए । सिमरन र म बिच कुराकानी नभएको पनि आज बर्ष दिन भैईसकेछ । सोच्थे उनले त मलाई भुलिसकिन होला तर मैले त अझैपनि उनको मायालाई भुल्न सकको थिएन । धेरै कोशिस गर्छु मनलाई सम्झाउन तर मन नै मान्दैन अझैपनि उनले गरेका कुराहरु मेरो मानसपटलमा गुञ्जीरहन्छ रातीको भोक र निद्रा सबै हराएको छ कसैका अगाडि हाँस्न पनि सक्दिन न रुन नै जिउँदो लास सरी बाचीरहेको छु । घाम लागे पनि , पानी परे पनि, फुल फुले पनि फुल झरे पनि उनको सम्झना हरपल आइरहन्छ । मलाई कतै हावा चल्नु हुदैन । उनको मायालु यादहरुले मलाई बार बार स्र्पश गरीरहन्छ । आफ्रनो यो अस्थिर मनलाई हर पल हर क्षन समालने कोसीस त गर्छु तर सक्दीन । उनको मायाले चर चर चिरीएको मुटूको प्रत्यक धड्कन सिरीप आजको दिन सम्म उनकै नाममा समर्पित थियो । जब उनको सम्झनाले मेरो मुटुको धड्ंकन बढन्न थालथ्यो म आफुलाई समालन सक्दिन थिय । र मैले आफ्नो अबस्थालाई स्थिर राख्नको लागी मैले त्यही मदिरा र चुरोटको साहेता लिने गर्थे । यो मायाको नसा पनि अपारको हुँदोरहेछ बोतलको नसा त के हो र यो मायाको नसा त बोतलको भन्दा सयौ गुणा ठुलो हुँदोरहेछ । तर के गर्नु मनमा जतिनै पिडा र बेदना भएपनि अरुको अगाडी हाँस्नु पर्दोरहेछ । त्यही बिबसताले गर्दा साथिभाई र ईस्टमित्रहरुको अगाडी म आफु खुसी भएको बाहाना बनाउँनको लागी हाँसेको नौटङ्की गनु पथ्र्यो । यसरी नै सारा दिनहरु बिताउँदै अगाडी बढ्दै गए । एक दिन मेरो मोबाईलमा फोनको घण्टी बज्यो मैले हेर्दा सनध्याको फोन थियो । त्यही सनध्या जो सिमरनको दिदी थीई । सनध्या मेरो स्कुल पढ्दाको धेरै मिलने साथि हो र आज पनि हामी त्यतिनै मिलछै । हामी स्कुल पढ्दा एक अर्काको कुरा खुलेर गर्थेउ । सनध्या स्कुलकै एउटा साथि रविनलाई मन पराउँथि , प्रेम गर्थि र उनिहरु बिचमा हुने गरेका कहिले खुसीको कहिले बेखुसीका  सबैकुरा म सँग भने गर्थि । त्यसले म सँग बिहे गर्दैनरे त्यसको त अर्कै केटी छे रे हो त्यही सँग बिहे गर्छरे अब म के गरु । यस्तै यस्तै कुरा गर्थि अनि म रविनलाई भेटेर सोध्थे तैले किन यसो भनेको सनध्या रोईराखेको छे त के सनध्यालाई माया गर्दैनस । अनि रविन केही बोल्दैनबोली गएर फकाउँथ्यो । अनि उनिहरु खुसी देखिन्थे मलाई पनि केही खुसीको अनुभुति हुनथ्यो । आखिर सनध्याकोे प्रेम पनि सफल भयो । सनध्याले s l c दिएको बर्षनै प्रेम बिबाह पनि गरी । म सनध्याको घरमा प्रत्यक हप्तामा एक चोटी पुग्थे । तेतिबेला म अलि कामको बेस्थताले गर्दा जान पाएको थिएन । त्यसैले फोन गरेको होला जस्तो लाग्यो मैले फोन रिसिभ गरीन । फेरी पनि फोन आएपछि केही भए जस्तो छ केही अफटेरो परेर फोन गरेजस्तो लाग्यो मैले फोन रिसिभ गरे । सनध्याले मलाई तुरुनत आनको लागी आग्रह गरी । म जुनबेला काममा अलि बेस्त थिए । किन मलाई सनध्याले एकासी बोलाई मलाई केही थाहा भएन । मैले आफ्रनो सबै काम छोडेर म सनध्याको घर तिर लागे । जुनबेला सनध्या र रविन बनेपा बस्थे भने म चै काठमान्डौ बस्थे । सनध्याले मलाई बोलाएको दुई घण्टा पछी म उनिहरुको घरमा पुगे म पुग्दा सनध्या मात्र थिई घरमा रविन काममा गएको रहेछ । अनि मैले सोधे किन बोलाएको मलाई के  काम हो तेस्तो फोनमा भन्न नहुने । सनध्याले केही बोलीन र एकछिन पछी भनि आईज माथि बरानडमा बसेर कुरा गरैला । हामी बरानड तीर लाग्यौ । जब म बरानडमा पुगे मैले त्याँहा सोचदै नसोको कुरा देख्न पुग्य । त्याँहा मैले एकासी सिमरनलाई देखे अनि म छागा बाट खसेझै भए । सनध्याले भनि यही हो कुरा यही भन्न बोलाएको हो तलाई । यति भनेर सनध्या फेरी तल झरी अब म के गर्ने के अलमलमा परे केही बोलने आट गर्न सकिन के भनेर बोलने के बोलने । सिमरन सँग बोलने आट म मा भएन र उनले पनि बोलने कुनै संकेत गरेजस्तो लागेन । हामी तल कोठामा आएऊ । मैले सनध्यालाई म घर फर्कने कुरा गरे तर सनध्याले खाजा खाएर सँगै जानु भन्ने कुरा गरी । खोई मलाई के भएको थियो तेतिबेला म जन्छु भनेर बाहीर निस्के । म घर पुग्दा बेलुकीको छ बजिसकेको थियो । खाना खाएर सुतने बेलामा मैले सनध्यालाई फोन गरे सनध्या र रविन सँग केही कुरा गरेपछी थाहा भयो । मलाई बोलाउँन सिमरनले नै लगाएको र फोनमा बोलाएको नभनु मैले बोलाएको भन्यो भने म आउँदिन भनेर नभन्नेको रहेछ । केहीबेर कुरा गरेपछी केही कुरा थाहा भयो । मलाई एकचोटी सिमरनलाई फोन गर्न मन लाग्यो मैले सिमरनलाई फोन लगाए फोन लाग्यो ऊताबाट फोन पनि रिसिभ भयो । आज फोनमा सिमरनको नै आवाज सुनियो अनि मैले सोधे आज मलाई किन बोलाएको अनि किन केही नभनेको के काम थियो कि । उताबाट समिरनले भनिन मलाई एकचोटी भेटन मन लाग्यो केही कुरा गने सोच थियो । यस्तै यस्तै केही कुरा भयो । अनी हामीले फोनबाट बिदा लियौँ ।

Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

admin ADMIN avatar

By admin

I am admin of https://pieinmyeye.com/

Get involved!

Get Connected!

Come and join our community. Expand your network and get to know new people!

Comments

No comments yet