Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

मेरो कथा भाग २

मान्छेको जीबन मा धेरै ईच्छा र आकाङ्क्षाहरु हुन्छन ति ईच्छा र आकाङ्क्षा पुरा गर्नका लागि आफ़्नो घर परिवार, साथि(भाई अनि आफ़न्तहरु सबैलाई बाध्यताबश बिर्सिनुपरेको छ । भेट हुँदा सबैको मनमा हर्षले सिमा नाघ्छ, अनि छुट्टिनुपर्दा सबैलाई नरमाईलो पनको अनुभव हुन्छ ।नरमाईलो हुनुपनि स्वभाविक हो, किनकि छुट्टिएपछि केहि भर हुन्न, भोलि फ़ेरि कहि कतै भेट होला नहोला भन्न सकिन्न किनकि जीबनको कुनै भरोसा नै हुन्न । हो म याँहा त्यँही मेरो कथाको बारेमा भन्दै छु । जस्को नाम आजसम्म पनि मेरो नसा नसामा छ । जुन बेला म घुम्मनको लागि साथिसँग गएको थिय । बाटोमा एकासी  उनि सँग भेट भएको थियो ।  ऊ आफ्नो दिदिको साथमा थिईन । फेरी यो कस्तो अचम्म भयो । ऊनको दिदि त म सँगै पढ्ने साथि हो । त्यसैले मलाई उनिहरुसँग कुरा गर्न कुनै आपत्ति थिएन । हामी कुरा गर्दै अगाडी बढेउ । बिस्तारै बिस्तारै हामी बिच पनि केहि कुराहरु हुन थालो । कुरा गर्दा गर्दै के भयो के एकासी म त ऊनको नाम सोध्न पुगेछु । ऊनले पनि केही लजास्पद पाराले आफ्नो नाम बताईन । हो मलाई बल्ल थाहा भयो ऊनको नाम सिमरन थियो । हो सिमरन । सुन्दा केटाको जस्तो लाग्छ । तर होईन ऊनि त केटी थिईन । यसरी हामी बिच एकअर्काको परिचर्य सँगसँगै अनेक कुराहरु हुदै गयो । तर कुरा भने अनौपचारीक थियो । म केही सोध्थे सिमरन जवाफ दिन्थीं सिमरन केही सोध्थी म जवाफ दिन्थें,


वस,हामीबीच कुनै विषयलाईलिएर कुनै खाले वहस नै भएन । जब दिनहरु बिदै गए हामी पनि एकअर्का प्रति नजिक हुदै गएऊ । अब म पनि यो चाहान्थे कि अब ऊनि सधै मेरै सामुन्ने होस । याँहा सम्मकी टाढा हुदाँपनि बोलीको माध्यम बाट तिर्सना मेटन् पर्ने । यसरी हामी बिच एक अर्काको सम्झनामा घन्टौ घन्टा आवाजको तरङग बाट कुरा हुन्ने गथ्र्यो । यसरी समयको छालले बगाउँदा बगाउादै मलाई यसरी यती मिठो ठक्कर दियो की त्यो क्षेन मैले आज सम्मनि बिर्सन सकेको छैन् । हो त्यो ठक्कर सिमरन सँगको ठक्कर । त्यतिबेला म यति खुसी थिए जुनबेला हामी प्रेमको जालमा परीसकेका थिएउ । समय पनि निकै अघि बढिसकेको थियो । सिमरन मेरो जीवनमा आएको पनि दुई बर्ष भईसकेको थियो । जुन  समयमा म s.l.c को तयारी गरीरहेको थिए । s.l.c परीक्षा  सकेर म पनि काठमान्डौ छिरे । जँहा उनि बसने् गर्थिन उनि उही सिमरन । म काठमान्डौ गएको केहिदिन पछि सिमरन सँग भेटघाट पनि भयो । यसरी हाम्रो भेटघाटले धेरै लामो साथ पाउँन सकेन । जुनबेला  फोनमा कुरा गर्दै थियौ । त्यतिबेला सिमरनले रुदै भनेकी थि अब मलाई कहिले पनि नसम्मझनु र फोन र म्यासेज पनि नगर्नु । हामी बिचको सबै सम्बन्धलाई बिसीएर तपाई नयाँ जीवनको सुरुवात गर्नु । यसरी कुरा गर्दा गर्दै कुरा गर्न थालेको पनि दुइ घण्टा भईसकेको थियो । ऊनले फोन राख्नुभन्दा अगाडी मलाई भनेको थियो अब तपाईले एउटा यस्तो मान्छे खोज्नु जसले तपाईलाई मैले भन्दा धेरै माया दिनेहोस । यती भनेर ऊनले फोन काटीदिन मैले पूर्ण फोन लगाए तर फोन लाग्न सकेन्न त्यतिबेला सम्म सिमरनले मोबाईलको सुईच बटम दबाईसकेको थियो । त्यो दिन त्यतिकै बित्यो । मनमा अनेक कुराहरु खेलीरहेका थिय कतिबेला निदाए थाहा नै भएन । भोलीपल्ट उठदा बिहानीको आठ बजीसकेको थियो । मैल पूर्ण फोन उठाए र नम्मर दबाए फोन त लाग्यो खुसी भए तर खुसी हुनु मात्र भयो फोन उठाउँने सिमरन थिईन फोनमा उसको आमाको आवाज सुनियो मैले केही नबोली फोन राखिदिए । जुनबेला  म पाटन हाई स्कुलमा कक्षा एघारमा अध्यन गर्दै थिय । तर मैले मेरो पढईलाई पूर्णता दिन सकिन्न । घरमा पनि बस्न मन नलागेपछि म साथिहरुकोमा गए ।  मैले सोचेको पनि थिएन मलाई सिमरनले यति सम्मको घात गर्छे मलाई धोका दिन्छे । सोचे जस्तो नहुदोरहेछ जीवन यदि हुदोहो त कसैले पनि रुन पर्दैन थियो होला सोचेका सबै सपनाहरु पुरा  हुन्थेंहोला । मैले जस्तो कहिले पागल सरी हाँसेको हाँर्सै त कहिले लाटो सरी मौन बस्नुपर्ने यो पृथ्वीको भार सरी बोझील्ला जिन्दगी जिउन पर्ने थिएन होला । हो जिउन पर्ने थिएन होला । त्यो बेला मलाई म आफ्रैले समालन्न सकिरहेको थिएन । अर्धचेत जस्तो भएर सहरका गल्ली गल्ली भौतारीरहेको थिय । मैले आफ्नो पढईलाई पनि पूर्र्णता दिन सकिन्न मैले आफ्नो अबस्थालाई कहिलेपनि पहिलेकै अबस्थामा राख्न सकिन्न । बार बार सिमरनको सम्झनाले सताई राखेको थियो ।
                                   उसको सम्झना बाहेक अरु केही थिएन म सँग केबल थियो  त उहि सिमरनको सम्झना
                                                                                                         हो उहि सिमरनको सम्झना ।

Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)

admin ADMIN avatar

By admin

I am admin of https://pieinmyeye.com/

Get involved!

Get Connected!

Come and join our community. Expand your network and get to know new people!

Comments

No comments yet