Categories
Yatharta सोचे जस्तो हुन्न जीवन

बिवश मेरो कथा छ

आँसु पिएर बाँच्ने, बिवश मेरो कथा छ,
जलेछु भित्र भित्रै, छाती भरी व्यथा छ ।
                                                                                                                                                         माथिका हरफले मेरै जीवन कहानी शब्द शब्दमा बोलेको छ । जिन्दगीलाई केस्रा केस्रामा केलाउँदा आफैलाई सोध्न मन् लाग्छ के  यो पनि जिन्दगी हो र र  भड्किन खोज्ने मनलाई बहलाउन सोचे जस्तो हुन्न जीवन खोजे जस्तो हुन्न जीवनु भन्न मन लाग्छ । सत्य हो । सोचे जस्तो, खोजे जस्तो जीवन हामी सबैको कहाँ हुन्छ र  यदि सबैको जीवन सोचे जस्तै हुँदो हो त मान्छेहरू किन रुन्थे । सोचे जस्तो जीवन नभएकै कारण समय समयमा सुन्दै मुटु खाने घटनाहरू हाम्रो समाजमा घट्छ । सायद मैले अलिकति ढिला गरेको भए म पनि त्यस्ता खाले घटनाको रचनाकारमा आफ्नो नाम दर्ता गराउन पुग्ने थिए होला । घाउ बिनाको चोटमा भक्कानिदै मुटु दुःखेको पल, मेरो मनमा पनि त्यस्तो अनर्थ गर्ने रहर जागेर आएको थियो । हुन त जीवन भोगाइसँग सन्तुष्ट नहुने सबैले देह त्याग गर्नै पर्छ भन्ने छैन । मेरो भोगाइले यस्तै भन्यो । स्वप्नील संसारमा औंसीको कालो रात आउँदा मलाई त्यो बाटो प्यारो लागेको थियो । पटक, पटक मेरो आत्माले मलाई त्यही बाटो हिँड्न अभिप्रेरित गर्दथ्यो । जीवनदेखि अघाएर भनौं या हार मानेर । मैले हिड्न खोजेको गोरेटो वास्तवमा गलत रहेछ ।

आज म आफैंप्रति गर्व गर्छु । मैले त्यो पल सही निर्णय लिन सकेकोमा । धन्यवाद दिन्छु मलाई त्यो पलमा साथ दिने मेरा आत्मीय मित्रलाई । कुरै कुरामा हितैषी मित्रले एक दिन भनेका थिए । आत्महत्या गर्नु त महापाप हो । मलाई पनि त्यस्तै लाग्यो । त्यसपछि बल्ल मेरो दोधारे मन काबुमा आयो । मैले गलत गर्नबाट आफूलाई जोगाए । मैले जित्नुपर्छ भन्ने हर मान्छेमा हुने स्वभाव हो । त्यो स्वभावबाट म पनि चोखो छैन । जित्नुपर्छ भन्ने लोभी चाहनाले मलाई पनि बेला बेलामा गाँजेकै हो । सबै मान्छेमा जित्ने चाहना हुन्छ । तर जित्ने तरिका फरक । जाल झेल गरेर जित्छु भन्ने एकथरी छन् । अर्कोथरी जाल झेलबिनाको जितलाई मात्र जित हो भन्छन् । वास्तवमा जालझेलबिनाको जित नै सही जित हो । यो जित परन्तु रहन्छ ।

म पनि जाल झेलबिनाको जित चाहन्थे । त्यो जितमा मेरो पसिनाको लगानी होस् । तर स्वार्थीहरूको बस्तीमा इमानदारिता नचाहेरै मर्दो रहेछ । मेरो इमानदारिता बिस्कुन लागेको पल एकाएक आफैंसँग हार्न पुगे । म हारेकै हो भन्ने लागेको थियो मलाई त्यो पल । वास्तवमा त्यो हार, हार थिएन । मैले त्यहाँ हारेर पनि जितेको रहेछु । मैले मान्छे नजिकबाट चिन्ने अवसर पाएँ । मान्छेलाई तौलन पाउनु मेरो जित थियो । सुन्दर अनुहारभित्र कालो मन लुकेको हुन्छ भन्ने थाहा पाएँ । म अन्धा भक्तको लागि सुतेको मलाई जगाउने माध्यम भयो । बलेको आगो ताप्ने जमातमा आफूचाहिं आगो बालेर ताप्छु भन्नु मूर्खता रहेछ । जन्मँदा एक्लै मर्दा पनि एक्लै जानुपर्ने रीत दुनियाँको । त्यसैले त जिन्दगीका मोडहरूमा कोही कसैको साथ हुन्न । बनावटी र देखावटीका साथ अनि नामको मात्र साथ यहाँ धेरै छन् । कमैको भाग्यमा मात्र सही साथ जुरेको हुन्छ ।

सही साथ जुर्नेहरू यहाँ हाँसेको छन्, जितेका छन् । एक अर्कोले मनमा लगाम लगाउन नसक्ने साथहरू भित्रभित्रै दुखेका छन् । त्यस्ता साथहरू नभएकै बेस हो । जसले साथीमा हुनुपर्ने गुण बुझेको हुन्न । जसले साथीले निभाउनुपर्ने भूमिका निभाउन जानेको हुन्न । त्यो साथी साथी होइन जसले मौका मिल्दा आÏनै साथीको आँखामा पर्दा हाल्ने काम गर्छ । साथी साथी बीचमा कहिले पनि पर्दा हाल्नु हुन्न । हरेक कुराहरू खुला किताबसरह हुनुपर्छ । यदि यस्तो भयो भने मात्र त्यो साथ दीर्घायु रहन्छ । त्यो साथ सजिलै शिखरमा पुग्नेछ । मान्छेको जिन्दगी कर्कलो पातको पानी रहेछ । कहिले पनि यो स्थिर रहन जान्दैन । त्यसैले मान्छेका जीवनमा अनेकौ उतार चढावहरू आउँछ । त्यसको सामना गर्नु नगर्नु हाम्रै हातको कुरा हो । बुझेर बुझ्नै सकिन्न हामीले हाम्रो जिन्दगी ।

जिन्दगीलाई खोज्दा खोज्दै हामी एकदिन थला पर्छै यसको कुनै निश्चित आकार छैन । आकार हुने भए पो यसलाई बुझ्न र देख्न सकिन्थ्यो । त्यसैले त होला मान्छेको जिन्दगी रहस्यमय भोगाइ बनेको । हरेक मोडमा दोबाटा भेटिन्छन् । कुनचाहिं बाटोले सही गन्तव्यमा पुर्‍याउँछ चिन्न सक्नु नसक्नु हाम्रै कमजोरी हो । आज जति पनि परिर्वतन भएका छन् त्यो सब समयको माग बुझेर आफूलाई सही बाटोमा हिंडाउन सक्नेहरूबाटै भएका छन् । जसले आफ्नो जीवनलाई धेरै नजिकबाट बुझे सही गन्तव्य चिने । आफूलाई सही प्रयोग गर्न जानेकै कारण उनीहरूले जिते सधैंजित्नेछन् । जन्मेपछि एक दिन हामीले मर्नुपर्छ । मान्छे भएर जन्मेपछि बाँचेर मर्ने होइन मरेर पनि बाँच्नु सक्नुपर्छ । जन्मने र मर्ने काम हामी सबैबाट हुन्छ । जन्मने र मर्ने काम मात्र भयो भने हामी मान्छे हुनै सक्दैनौं । हामीले मरेर पनि बाँचिरहने काम गर्न सक्यौ भने मात्र पो हामी मान्छे बन्छौं । स्वार्थबाट मुक्त हुन जरुरी छ । जाल झेल र पाप कर्मबाट बँच्न जरुरी छ । फूलको आँखाले संसार नियाल्नु जरुरी छ । सुन्दर फूल गुलाव पनि त काँडै काँडाबीच फूलेको हुन्छ । आफू काँडाबीच फूलेर पनि बगैंचाको शोभा बढाउन ऊ तल्लीन रहन्छ । हामीले पनि गुलाव बन्ने प्रयास गर्नुपर्छ । सिक्काको दुई पाटा भएझैं हाम्रो यात्राका हर मोडमा दुईटा बाटाहरू हुन्छन् । सुख(दुःख, हाँसा(आँसु, पाउने(गुमाउने, लुटाउने(लुट्ने, सही(गलत । कुन चाहिँ बाटो हामीले हिँड्छौ त्यहीअनुसार हाम्रो स्थान हुनेछ ।

कागतीलाई निचोरेझैं मैले पनि आफ्नो मनलाई निचोरे । बुझिनसक्नुको जिन्दगीलाई केही बुझेजस्तो लाग्यो । बहकिन खोज्ने पापी मनलाई थम्थम्याउँदै फेरि सपनाको खेती गर्नुर्पछ भन्ने परम् सुखम् । आफ्नो साथमा जे छ, त्यसैमा सन्तोष मान्यो भने सदा सुखी र खुसी र हुन सकिन्छ । आफूसँग जे जति छ त्यसैमा मनलाई बुझो लगाउन सक्नु बुद्धिमानी हो । यहाँका धेरै मानव मनहरू लुट्नमात्र खोज्छन् । हिजोका मेरा भोगाइहरू दशी बनेर मेरै वरिपरि चर्दै छन् । हो मेरै वरिपरि चर्दै छन्

                                                                              मेरा भोगाईहरु बिवश मेरो कथा हरु
Writer Sandesh Gc-Sunsan (सोचे जस्तो हुन्न जीवन)
admin ADMIN avatar

By admin

I am admin of https://pieinmyeye.com/

Get involved!

Get Connected!

Come and join our community. Expand your network and get to know new people!

Comments

No comments yet